ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमान इजरायल पुगेपछि नेपाली विद्यार्थीले भने, एक हप्तादेखि ट्रमामा थियौँ, अब खुसी छौँ


एबीसी न्यूज
२५ आश्विन २०८०, बिहिबार   ३ : २०   बजे

काठमाडौं, २५ असोज । नेपाल एयरलाइन्सको विमान बिहीबार दिउँसो इजरायलको तेल अभिभ पुगेपछि त्यहाँ उद्धारको पर्खाइमा रहेका नेपाली विद्यार्थीमा खुसियाली छाएको छ । उनीहरू सो विमानस्थलमा पुगिसकेका छन् ।

“एक हप्तादेखि ट्रममा थियौँ । अहिले हामीलाई लिन आएको जहाज नै देखेपछि खुसी छौँ,” इजरायलको बेन गुरियन विमानस्थलमा रहेका दाङका विपीन सुवेदीले  भने, “मनमा डर अझै बाँकी छ ।”

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि विषयको ११ महिने इन्टर्नसिपका लागि उनी इजरायल गएका थिए ।

प्यालेस्टाइनी लडाकु समूह हमासले गएको शनिबार एक्कासि इजरायलमा आक्रमण गरेपछि त्यहाँको माहोल बिग्रिएको छ । हमासको आक्रमणमा परी विपीनसँगै इजरायल गएका उनका १० साथी मारिएका थिए ।

हमासको आक्रमणपछि इजरायली सेना र हमासबीच युद्ध सुरु भएको थियो । अहिले पनि लडाइँ जारी छ ।

युद्ध चर्कंदै गएपछि विशेष गरी हमास नियन्त्रित क्षेत्र गाजाको सीमानजिक रहेका नेपालीले उद्धार गर्न नेपाल सरकारलाई अनुरोध गरेका थिए । सरकारले आज उद्धारका निम्ति नेपाल एयरलाइन्सको विमान त्यसतर्फ पठाएको हो ।

“दिमागमा तिनै दृश्य मात्र दोहोरिरहेको छ, गोली चलेको, रकेट प्रहार भएको । अब नेपाल फर्किने भयौँ, असाध्यै खुसी छौँ,” विपीनले भने ।

इजरायलको विमानस्थलमा उद्धारको पर्खाइमा रहेका अर्का नेपाली विद्यार्थी लुइस रिजाल अब स्वदेश फर्कनेमा ढुक्क देखिन्छन् ।

“हामीलाई त जीवनदान गरेर सकुशल नेपाल पठाउनुभयो, अब इजरायलमा भएका घाइते मेरा प्रिय साथीहरूलाई हरदम साथ र सहयोग दिन र मेरो हराएको साथीलाई खोजी नेपाल आमाको अधुरो कोख भरिदिनुहुनेछ भन्ने आशा राखेका छौँ,” रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले हमासको आक्रमणपछि उद्धारमा निरन्तर प्रत्यक्ष–अप्रत्यक्ष सहयोग, हौसला, आत्मविश्वास प्रदान गर्ने सबैलाई हृदयदेखि नै नमन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पम्फा भुसालको असन्तुष्टि– ‘जम्बो कमिटीले कम्युनिस्ट पार्टी बलियो बनाउँदैन’

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, चार मन्त्री–राज्यमन्त्रीले आज शपथ लिँदै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu