ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा महेश बस्नेत सहभागी कार्यक्रमा, दुर्गा प्रसाईंका समर्थकले गरे गाडी तोडफोड


एबीसी न्यूज
२५ आश्विन २०८०, बिहिबार   ४ : ४८   बजे

काठमाडौं, २५ असोज । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेत प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुन आएका एमाले कार्यकर्ता चढेको गाडीमा दुर्गा प्रसाईंका समर्थक र पहिचानवादीको समूहले तोडफोड गरेका छन् ।

राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशन उद्घाटन गर्न बस्नेत बिहीबार झापा पुगेका थिए । त्यस क्रममा उनलाई प्रदर्शनकारीले कालो झण्डा देखाउँदै विरोध गरेका हुन् । कडा सुरक्षाबीच कार्यक्रम स्थल पुगेका बस्नेतले नगर अधिवेशन उद्घाटन गरेका छन् ।

बस्नेतले अहिले मुलुकमा सरकार भएको भन्ने जनताले महसुस नगरेको आरोप लगाए । भने,जन चाहना अनुसार काम गर्न नसक्ने सरकार असफल भइसकेको छ ।

तर प्रदर्शनकारीले कार्यक्रमस्थल आसपास राखिएका गाडीमा ढुंगा प्रहार गर्दै शिशा फुटाइ दिएका छन् ।‌ घटनामा संलग्न भएको आरोपमा प्रहरीले बिक्रम सुब्बालाई नियन्त्रणमा लिएको छ । कार्यक्रम चलुन्जेल अर्जुनधारा क्षेत्रमा पहिचानवादीले नारावाजी गरेका थिए ।

कार्यक्रमस्थलभन्दा ५०० मिटर टाढा पार्किङमा राखिएका एमाले नेताका २५ भन्दा बढी गाडीमा तोडफोड भएको बताइएको छ । त्यसबट करिब एक करोडको रुपैयाँ बराबरको क्षति भएको एमाले झापाको दाबी छ । प्रसाईंले काठमाडौमा मोसो दलिएको घटनाको बदला लिने चेतावनी दिएका थिए । जिल्ला प्रहरी कार्यालय झापाले अहिले स्थिति सामान्य रहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group