ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिजुली, पानीको आपूर्ति बन्द, कस्तो छ ४५ वर्गकिलोमिटरको गाजाको स्थिति ?


एबीसी न्यूज
२५ आश्विन २०८०, बिहिबार   ५ : १९   बजे

काठमाडौं, २५ असोज । प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका आफ्ना नागरिकलाई घर नफर्काएसम्म गाजामा बिजुली, पानी र इन्धन आपूर्ति नगर्ने इजरायलका ऊर्जामन्त्री काट्जले घोषणा गरेका छन् ।

“बन्धक बनाइएका इजरायलीहरू घर नफर्केसम्म बिजुलीको स्वीच खोलिने छैन । पानी चलाइने छैन । र, कुनै पनि इन्धनको ट्रक भित्र पस्ने छैन,” उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “मानवीयताका लागि मानवीयता र कसैले हामीसँग नैतिकताको प्रचार गर्ने छैन ।”

इजरायलले गाजामा हमासलक्षित ठूलो आक्रमण गरिरहेको त्यहाँको रक्षा बलले बिहीबार जनाएको छ ।

लडाइँ सशक्त बनाउन इजरायलमा आपत्कालीन सरकार र ‘युद्ध मन्त्रिपरिषद्’ गठन गरिएको छ । हमासले गाजामा करिब १५० जनालाई बन्धक बनाएको बताइएको छ ।

भग्नावशेषले घेरिएको ठाउँमा बिजुलीबिनाको अन्धकारमय रात बिताएका प्यालेस्टाइनी बिहीबार गाजामा बेकरी र किराना पसलबाहिर लाइन लागेका थिए ।

कस्तो छ ४५ वर्गकिलोमिटरको गाजाको स्थिति ?
इजरायलले खाद्यान्न, पानी, इन्धन र बिजुलीको आपूर्ति रोक्दा गाजामा मृत्यु हुनेको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सहायता एजेन्सीको चेतावनी छ ।

करिब २३ लाख जनसंख्या रहेको ४५ वर्गकिलोमिटर क्षेत्रको गाजा विश्वकै सबैभन्दा बढी जनघत्व भएको ठाउँमध्येमा पर्छ । भूमध्यसागरको छेउमा इजिप्ट र इजरायलसँग जोडिएको गाजा क्षेत्रको लम्बाइ ४० किलोमिटर मात्र छ ।

अहिले हजारौँ संख्यामा प्यालेस्टाइनी संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा बसेका छन् ।

गाजाको एक मात्र पावर स्टेसन बुधबार इन्धन सकिएर बन्द हुँदा अस्पतालहरू बिजुलीविहीन भएका छन् । नवजात शिशुका निम्ति इनक्युबेटर र वृद्ध बिरामीका लागि अक्सिजनको जोखिम छ ।

मिर्गौलाको डायलासिस रोकिनेदेखि एक्स–रे गर्न नसकिने नहुँदा अस्पतालहरू शवगृहमा परिणत हुने स्थिति बनेको रेडक्रसको अन्तर्राष्ट्रिय समितिका क्षेत्रीय निर्देशक फब्रिजियो कार्बोनीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu