ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छात्रवृत्ति कोटामा अध्ययनरत विद्यार्थीबाट शुल्क लिए कारबाही गरिने


एबीसी न्यूज
२५ आश्विन २०८०, बिहिबार   ७ : ५१   बजे

काठमाडौ २५ असोज    काठमाडौँ महानगरपालिकाले चालु शैक्षिकसत्रमा कक्षा ११ मा छात्रवृत्ति कोटाबाट भर्ना भएका विद्यार्थीसँग विद्यालयले शुल्क मागेको गुनासो आएपछि अनुगमन सुरु गरेको छ । छात्रवृत्ति कोटामा सिफारिस भएका विद्यार्थीसँग शुल्क उठाउने विद्यालयहरूलाई कारबाही गर्ने महानगरले चेतावनीसमेत दिएको छ । गुनासो आएपछि महानगरले गत मङ्गलबारबाट छानबिन सुरु गरेको महानगरको शिक्षा विभागले जानकारी दिएको छ ।

महानगरका शिक्षा अधिकृत नेत्रनारायण पौडेलका अनुसार विभिन्न माध्यमबाट १० वटा विद्यालयले शुल्क लिएको भन्ने उजुरी परेको छ । गत सोमबार, मङ्गलबार र बुधबार तीन दिनमा टोलीले गोल्डेन गेट, सिफल सेकेन्डरी स्कुल, काठमाडौँ मोडेल कलेज, एभरेष्ट फ्लोरिडा, सिसीआरसी गरी छवटा विद्यालयको अनुगमन गरेको पौडेलले जानकारी दिए।अनुगमनका क्रममा एभरेष्ट फ्लोरिडाबाहेक अरु विद्यालयले कुनै न कुनै रूपमा शुल्क माग गरेको फेला परेको उन को भनाइ छ ।

सिफल स्कुलले पुस्तकालय, प्रयोगशाला, अतिरिक्त कक्षा, अतिरिक्त क्रियाकलाप, दर्ताजस्ता शीर्षकमा विद्यार्थीसँग मासिक रु नौ हजार पाँच सयसम्म मागेको महानगरको भनाइ छ ।छात्रवृत्ति र शुल्कसँग सम्बन्धी गुनासो गर्नुपरे छानबिन तथा अनुगमन टोलीका अधिकारीहरूसँग ९नेत्रनारायण पौडेल, फोन नं ९८५११९९९४५, सस्मित पोखरेल, फोन नं ९८४००७१५५५ र शैलेन्द्र झा फोन नं ९८५११४६८९६०लाई फोन गर्न सकिने महानगरको भनाइ छ ।

काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशत नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्गता, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

यही व्यवस्थाअनुसार महानगरपालिकाले कक्षा ११ मा भर्ना भएर छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीबीच परीक्षा लिएर ‘म्याचिङ लिष्ट’बाट नाम सिफारिस गरेको हो । यसरी सिफारिस गरिएका विद्यार्थीले कक्षा ११ र १२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन ।

गत साउन २० गते लिइएको प्रवेश परीक्षामा आवेदकमध्ये तीन हजार चार सय छात्र, एक हजार सात सय ७२ जना छात्रा गरी पाँच हजार एक सय ७२ विद्यार्थी सहभागी थिए । महानगरले साउन २९ गते दुई हजार तीन सय २२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि ‘म्याचिङ लिष्ट’, भर्नाको पहिलो सूचीमा सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu