ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दसैँ तिहारमा माटोले घर रङ्गाउने प्रचलन हरायो


एबीसी न्यूज
२६ आश्विन २०८०, शुक्रबार   १ : २८   बजे

काठमाडौ २६ असोज । कुनै बेला  दसैँ तथा तिहार नजिकिँदै गर्दा मुसिकोट नगरपालिका नगरपालिका–७ की चम्पा पुनलाई रातो माटोले घर रङ्गाउन भ्याई नभ्याई हुन्थ्यो । गाउँमा धेरै पुराना र मौलिक घरहरु हुन्थ्ये । प्रत्येक घर यो बेला रङ्गाउन सबैलाई उत्तिकै हतार हुन्थ्यो । पछिल्लो समय त्यो प्रचलन फेरिएको छ । पहिले जस्तो घर रङ्गाउन माटो, कमेरोको खोजी हुँदैन किनभने गाउँमा बनेका सबै घरमा सिमेन्टको प्रयोग बढेको छ भने, रङ्ग पनि बजारकै प्रयोग हुन थालेको छ ।

यसले ग्रामीण जीवनमा एकातिर सहजता त ल्याएको छ भने अर्कोतिर घरमा हुने खर्च र लगानी बढाएको छ । “पहिला पहिला हामी कमेरो, माटोले घर लिप्ने गथ्यौँ, घरमा विभिन्न रङ्को माटोले लिपेपछि मात्र दसैँ आएकोजस्तो लाग्थ्यो, घर रमाइलो हुन्थ्यो”, चम्पा पुनले भने। पछिल्लो समय गाउँमा घर लिप्ने माटो खन्ने प्रचलन हराउँदै गएको छ । मौलिक घरहरु पनि बिस्तारै हराउँदै गएका छन् ।

सिमेन्ट र रडको प्रयोग गरेर घर निर्माण भइरहेका छन् । गाउँमा बन्ने नयाँ घरमा सिमेन्टको प्रयोग हुन थालेपछि मौलिक घरको सङ्ख्या घट्दै जान थालेको छ । मौलिक घरहरुमा पनि बजारको रङ्ग प्रयोग हुँदै जानु र सिमेन्टको प्रयोग गरिएकाले पनि घरहरु माटो तथा कमेरोले रङ्गाउन नमिल्ने भएकाले घर रङ्गाउने प्रचलन लोप हुँदैदै गएको मुसिकोट–१ का गोविन्द केसीको भनाइ छ ।

स्वास्थ्यका हिसाबले ढुङ्गा माटोको गारोले निर्माण गरिएका घर उपयुक्त मानिए पनि झट्ट हेर्दा आकर्षक देखाउने होडबाजीका कारण पनि गाउँमा सिमेन्ट र विभिन्न रङ्गको प्रयोग बढेको हो । मौलिक घर र मौलिक जीवनशैली संरक्षणमा भने कुनै पनि स्थानीय सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको गुनासो पनि स्थानीयबाट सुनिन्छ । हाम्रो जीवनशैली, संकृति, वेशभूषा र भाषा पर्यटनका महत्वपूर्ण आधार रहेको भन्दै आधुनिकताका नाममा कहिल्यै आफ्ना मौलिकता भुल्न नहुने स्थानीय उदय केसी बताउछन ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group