ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौबीस घण्टाभित्र उत्तरी गाजाका ११ लाख प्यालेस्टिनलाई, दक्षिणी गाजा जान सेनाको उर्दी


एबीसी न्यूज
२६ आश्विन २०८०, शुक्रबार   १ : ४१   बजे

काठमाडौं, २६ असोज । इजरायली सेनाले उत्तरी गाजा क्षेत्रमा बसोबास गर्ने ११ लाख प्यालेस्टिनलाई चौबीस घण्टाभित्र दक्षिण गाजामा जान उर्दी जारी गरेको छ ।

इजरायलले उत्तरी गाजामा स्थल आक्रमण गर्न यो उर्दी जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यही कारण गाजासँगको सीमा क्षेत्रमा इजरायलले अहिले ठूलो संख्यामा आफ्ना सैनिक तैनाथ गरेको छ ।

उत्तरी गाजा क्षेत्रबाट ११ लाख प्यलोस्टिनलाई दक्षिण गाजा जान जारी गरेको उर्दी इजरायलले संयुक्त राष्ट्रसंघलाई पनि जानकारी गराएको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ताका अनुसार दक्षिण गाजा जान भनिएको संख्या लगभग गाजा क्षेत्रमा बसोबास गर्ने कुल प्यालेस्टिनको आधा हो ।

इजरायली सेनाले यो उर्दी गाजा र जेरुसेलमको समयअनुसार मध्यरातमा दिइएको थियो । “गाजा सहरमा तपाईँहरू तबमात्र फर्कनु हुनेछ जब हामी घोषणा गर्नेर्छौँ,” इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त राष्ट्रसंघले यति ठूलो संख्यामा मानिस चौबीस घण्टामा दक्षिण गाजा जान नसक्ने जनाउँदै चिन्ता व्यक्त गरेको छ ।

हमासका लडाकुहरू उत्तरी गाजामा सुरुङ बनाई बसेको आशंका इजरायलको छ । उनीहरू प्यालेस्टिनका सर्वसाधरणलाई ढाल बनाई उनीहरूको घरमा आश्रय लिएको आंकलन इजरायली सेनाको छ ।

“आफ्नो र आफ्नो परिवारको सुरक्षाको लागि तपाईंहरू दक्षिण गाजा जानुहोस् र आफूहरु हमासको आतंकबाट टाढा रहनुहोस्, ताकी उनीहरूले तपाईँहरूलाई मानव ढालको रूपमा प्रयोग गर्न नसकुन्,” इजरायली सेनाले भनेको छ ।

प्यालेस्टिन विद्रोही समूह हमासले भने उत्तरी गाजामा बसोबास गर्दै आएका प्यालेस्टिनलाई उक्त ठाउँ नछोड्न भनेको छ । गाजा क्षेत्रमा शासन गर्दै आएको हमासले इजरायल मनोवैज्ञानिक युद्ध गरिरहेको बताएको छ ।

हमासले गएको शनिबार अचानक इजरायलमाथि आक्रमण गरेको थियो । त्यसपछि हमास र इजरायली सेनाबीच युद्ध चर्किएको हो ।

हमासको आक्रमणमा शनिबारयता १ हजार ३ सयभन्दा बढी इजरायलीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ । हमासको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

यस्तै, इजरायली सेनाको आक्रमणमा १ हजार ५०० सयभन्दा बढी प्यालेस्टिन मारिएको जनाइएको छ । संयुक्त राष्ट्रसंघका अनुसार इजरायली आक्रमणका कारण ४ लाख २३ हजार प्यालेस्टिन विस्थापित भएका छन् । शनिबारयता ६ दिनमा गाजाको ३ हजार ६०० स्थानमा ६ हजार बम खसालिएको इजरायलले दाबी गरेको छ । ती बमको कुल वजन ४ हजार टन छ ।

प्यालेस्टिन अधिकारीले भने इजरायलको आक्रमणमा हालसम्म १ हजार ५३७ जना प्यालेस्टिनी मारिएको बताएका छन् । मारिनेमा ५०० बालबालिका र २७६ महिला छन् । हमासले १५० जना इजरायलीलाई बन्धक बनाएको जनाइएको छ ।

इजरायलले आउने केही दिनमा नै आफ्ना सेनाले गाजा सहरमा ‘महत्वपूर्ण अप्रेसन’ चलाउने घोषणा गरेको छ । आम सर्वसाधरणलाई कुनै क्षति नहोस् भनेर पूरा कोसिस गर्ने पनि इजरायलले जनाएको छ ।

संयुक्त राष्ट्रसंघले भने इजरायललाई गाजामा आक्रमण गर्ने निर्णय फिर्ता लिन अपिल गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group