ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीको मुख्यमन्त्रीमा विकल्प खोज्दै, देउवा


एबीसी न्यूज
२६ आश्विन २०८०, शुक्रबार   २ : १४   बजे

काठमाडौं, २६ असोज । कोशी प्रदेशमा पार्टीभित्रैको शेखर कोइराला समूहले विद्रोह गरेर मुख्यमन्त्रीको दाबी पेस गरेपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निकासको पहलमा लागेका छन्।

आफ्नै पार्टीभित्रबाट विद्रोह गरेर कोइराला पक्षका केदार कार्की एमालेसँग मिलेपछि विकसित राजनीतिलाई थप क्षति हुन नदिन देउवाले आन्तरिक छलफललाई तीव्रता दिएका हुन्।

कार्कीले कांग्रेसलाई संकटमा पुर्‍याउन भूमिका खेलेको देउवाको विश्लेषण छ।  उनले आफूनिकट नेतासँग कोशीको संकट समाधानबारे छलफल गरिसकेका छन्।

बिहीबार बिहान कांग्रेससहित गठबन्धनका ७ दलले कोशी प्रदेशको मुख्यमन्त्री नेकपा माओवादीलाई दिने औपचारिक निर्णय गरेको थियो।

केन्द्रको सहमतिलगत्तै दिउँसो कोशी प्रदेशमा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले गठबन्धनका चार दलका ४७ सांसदको हस्ताक्षर लिएर प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री दाबी पेस गरे।

त्यसको एक घण्टापछि साँझ ६ बजेतिर कोइराला पक्षका केदार कार्कीले कांग्रेसकै ८ र नेकपा एमालेका ३९ गरी ४७ सांसदको हस्ताक्षर पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गरे।

कार्कीको कदमले कांग्रेसमै विभाजन देखिएको छ।  ‘सभापति देउवाले आङ्बो र कार्की दुवैलाई फिर्ता गराएर कांग्रेसकै अर्को नयाँ नेतालाई मुख्यमन्त्री बनाउने प्रस्ताव अघि सार्न खोजेका छन्।

उद्धव थापाले मुख्यमन्त्री बने पनि विश्वासको मत पाउन सकेनन्।  त्यसबाहेक कोशीमा शेखरले पनि स्वीकार गर्नसक्ने नेतालाई अघि सार्नेबारे देउवा छलफलमा छन्।  त्यसो गर्दा अहिलेको समस्या हल हुने उनको बुझाइ छ।

‘कांग्रेसभित्रकै केही नेतालाई मुख्यमन्त्रीमा अगाडि बढाउन सकिन्छ, दुईरतीनजना नेता पनि हुनुहुन्छ। त्यसो गर्दा पार्टीको दुई गुट रहदैँन,’ ती नेताले थपे, ‘शेखर दाइले विकल्प दिँदा मान्नुहुन्छ कि हुन्न हेरौँ ?

त्यही भएर देउवाले शेखर कोइराला, मीनेन्द्र रिजाललगायतका नेतासँग छलफल गर्दै छन्।   प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको समय आज शुक्रबार साँझ ५ बजे पूरा हुँदै छ।

त्यसबेलासम्म नयाँ विकल्प सारेर भए पनि समस्या समाधान गर्न सकिने देउवाको विश्वास छ।  तर, दर्ता भइसकेको दाबी फिर्ता लिन मिल्ने कि नमिल्ने, संविधानमा उल्लेख गरिएको छैन।

कानुनका जानकार समेत रहेका एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलले फिर्ता लिने कि नलिने व्यक्तिको अधिकारको कुरा रहेको बताए।

इन्द्र आङ्बोले हस्ताक्षर बुझाएका ८ जना कार्कीको पक्षमा खुलेका छन्।   यसबारे देउवाले सत्तारुढ दलका नेतासँग पनि छलफल गर्नेछन्।

तर, शेखरले नमानेको अवस्थामा भने कोशीको राजनीति नयाँ कोर्समा अघि बढ्नेछ।

‘कोशीमा अहिले इन्द्र आङ्बो बने पनि केही समयमा केदार कार्कीको पालो आइहाल्थ्यो नि, किन हतार गरे पार्टीलाई समस्यामा पार्नुपर्थ्यो र’, देउवा पक्षका अर्का नेताले भने, ‘यसले भोलिको कांग्रेसको महाधिवेशनको राजनीतिमै फेरबदलको संकेत गर्छ।’

कोशीमा शेखरले खोलेको विद्रोहपछि विकसित राजनीतिक घटनाक्रमबारे महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मुख खोलेका छैनन्।
कोशीमा थापा पक्षका दुई सांसद छन्।

मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्कीले केन्द्रका नेताहरुसँग कुराकानी भए पनि संवैधानिक रुपमा आफू बलियो रहेको बताए।

‘प्रदेश प्रमुख पर्शुराम खापुङले विश्वासको मत पाउने बलियो आधार देखिए मुख्यमन्त्री नियुक्त गर्ने संकेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group