ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गैरआवासीय नेपाली संघको अध्यक्षमा राजेन्द्रकुमार (आरके) को उम्मेदवारी घोषणा


एबीसी न्यूज
२६ आश्विन २०८०, शुक्रबार   ५ : ०८   बजे

काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली संघको अध्यक्षमा राजेन्द्र कुमार (आरके) शर्माले उम्मेद्वारी घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरी शर्माले संघको आगामी कार्यकाल ९२०२३–०२५० प्यानलसहित उम्मेद्वारी घोषणा गरेका हुन्।

“गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा समेटेर शर्माले २४ महिने कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर वाचापत्र सार्वजनिक गरे।

शर्मा एनआरएनएका वर्तमान उपाध्यक्ष छन्। नेतृत्वका लागि समर्थन जुटाउन उनले जापान, दक्षिण कोरिया, हङकङ, अमेरिका र क्यानडालगायत ४० देशबाट सुझाव संकलन गरिसकेका छन्।

विप्रेषण रकमको प्रयोगलाई उत्पादनमुलक उद्यमसँग जोड्ने उनको योजना छ। शर्माले गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण गठनमा लाग्ने प्रतिवद्धता व्यक्त गरे।

शर्माले भने, ‘एनआरएनहरुबीचको एकता पहिलो प्रतिबद्धता हो। यस्तै, वैदेशिक रोगारः दक्ष जनशक्ति, सुरक्षित वातावरण, सामाजिक सुरक्षालाई कार्यान्वयन गर्ने मेरो प्रतिबद्धता छ। श्रमीकहरुको आर्थिक स्थिती सुधार्न पहल थाल्नेछु। विप्रेषण रकमको प्रयोगलाई उत्पादनमूलक उद्यमसँग जोड्न म क्रियाशील रहनेछु। गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण गठनमा लाग्नेछु। सांगठनिक पुनःर्संरचना कार्यदलबाट गहन योजना, मानव संशाधनः सबलीकरणयुक्त कार्यसम्पादन, संस्थागत सुशासनः शून्य सहनशील स्वअनुशासन, एनआएनए निर्वाचनः सबैले गर्न पाउन मतदान, आर्थिक कुटनितिः लगानी प्रवद्र्धन मुख्य नीति, गरौँ उच्चतम प्रयोग सूचना प्रविधिः हुन्छ विकास र समृद्धी, नेपाली रोजौं, नेपाली खोजौंः निर्यात बढाउन जोडतोडले लागौँ, गैरआवासीय सरोकारः जहाँ भएपनि नागरिकता र मताधिकार मेरो योजना रहेको छ ।

यस्तै, नेपाल समृद्धिको दस्ताः गैरआवासीय दोस्रो पुस्ता, अबको समृद्धिः जगेर्ना गरौँ भाषा र संस्कृति, एनआरएनए शक्तिः अधिकारसम्पन्न एनसीसी, विदेशमा सिकेको ज्ञानः देश निर्माणको अभियान, देश विकासको बलः एक एनसीसी हजार पर्यटक, घटाऔँ वैदेशिक श्रम, फर्किनेलाई स्वरोजगार कार्यक्रम, अग्रजलाई सम्मानः युवा परिचालन र विज्ञबाट ज्ञान, योजनाबद्ध कार्यान्वयनः न्यायपूर्ण कार्यसम्पादन मूल्याङ्कन मैले बनाएको कार्ययोजना हो यो।’ उनले गैरआवासीय नेपाली संघ सबैको साझा संस्था बनाउन कटिबद्ध भएर लाग्ने बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group