ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देश असाधारण आर्थिक संकटको डिलमा – पूर्वअर्थमन्त्री पौडेल


एबीसी न्यूज
२८ आश्विन २०८०, आइतबार   ७ : ०५   बजे

काठमाडौ २८ असोज ।  एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश असाधारण आर्थिक संकटको डिलमा पुगेको बताएका छन् । सरकारले कर्मचारीलाई तलब खुवाउनसमेत आन्तरिक ऋण लिनुपर्ने अवस्थामा मुलुकको अर्थतन्त्र पुग्नुले देशको आर्थिक असाधारण अवस्थामा पुगेको पुष्टि भएको बताए ।

प्रेस चौतारी रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको दसैं(तिहार शुभकामना कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन सरकारले कुनै ठोस कदम चाल्न नसकेको आरोप लगाए ।

‘आन्तरिक ऋण बढ्दैछ, तलब, सामाजिक सुरक्षा कोष, पेन्सन रोकिइरहेको छ, अर्थतन्त्र गम्भीर मोडमा छ,’ पौडेलले भने , ‘मुलुकमा संकटपूर्ण अवस्था कसरी आयो भन्ने विषयमा ध्यान नदिएर सत्तारुढ गठबन्धन दल कसरी सत्तामा बस्ने र रमाउने भन्ने विषयमै केन्द्रित छ ।’

उनले मुलुकको अर्थतन्त्रको समस्या अपरेसन समाधान गर्नुपर्ने भए पनि गठबन्धन सरकार टालटुल पारेर समस्या टार्ने अर्थतन्त्रको बेथितिलाई बढाउने काममा लागेको बताए । ‘मुलुकको अर्थतन्त्रको मेजर अपरेसन गर्नुपर्नेमा सरकारले सिटामोल पनि दिन नसकेको अवस्था छ, सिटामोल छैन, अनि चल्छ ?’ उनले प्रश्न गरे ।

उनले थपे, ‘अन्तर्राष्ट्रिय सहयोग कम आइरहेको छ । पुँजी पलायन भइरहेको छ, व्यवसायीको ढाड भाँच्ने अवस्था सिर्जना हुँदा पनि सरकार मूकदर्शक बनेको छ।’

पछिल्लो समय सरकारले अपराधमा राजनीतिकरण र राजनीतिमा अपराधिकरण बढाएको भन्दै त्यसले देशको छवि धुमिल बनाएको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group