ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायललाई बाइडेनको चेतावनी, गाजा कब्जा गर्नु ठूलो गल्ती हुनेछ


एबीसी न्यूज
२९ आश्विन २०८०, सोमबार   १२ : ४२   बजे

काठमाडौं,२९ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुने चेतावनी दिएका छन् । एक अमेरिकी टेलिभिजन अन्तर्वार्तामा उनले गाजाका मानिसलाई त्यहाँबाट निस्कन र मानवीय सहायताका लागि करिडोर खोल्न दिनुपर्ने विषयलाई समर्थन गरेको बताए ।

बाइडेनले अक्टोबर ७ मा इजरायलमा हमला गर्ने प्यालेस्टाइनी लडाकु समूह हमासलाई समाप्त गर्नुपर्ने टिप्पणी पनि गरेका छन् । इजरायलले उत्तरी गाजाका ११ लाखभन्दा बढी मानिसलाई दक्षिणतर्फ जान भनेको छ । सीमानजिक सयौँको संख्यामा ट्यांक र सैनिक राख्दै इजरायल गाजा कब्जा गर्नेतर्फ अग्रसर देखिएको छ ।

जारी युद्धबीच बाइडेनले आउँदा दिनमा इजरायल भ्रमण गर्न सक्ने समाचार एजेन्सी एपीले जनाएको छ ।

प्यालेस्टाइनी नागरिकलाई विशेष गरी गाजामा संयुक्त राष्ट्रसंघ, इजिप्ट, जोर्डन, इजरायल र अरू क्षेत्रीय सरोकारवालासँगको समन्वयमा तत्काल आवश्यक मानवीय सहायता प्रदान गर्ने राष्ट्रपतिको प्रयास रहेको ह्वाइट हाउसले जनाएको छ ।

यसैबीच, इजिप्टतर्फको गाजाको सीमानाका मानवीय सहायता पठाउन खोल्ने अपेक्षा गरिएको छ । धेरै देशहरूबाट संकलित सयौँ मेट्रिकटन सहायता सामग्री इजिप्टको सिनाई प्रायद्वीपमा रोकिएको छ । सहायता सामग्री सुरक्षित रूपमा गाजामा पठाउन र त्यहाँ रहेका विदेशी नागरिकलाई बाहिर निकाल्न रफाह नाका खोलिने बताइएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आइतबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीसँगको भेटपछि यस्तो बताएका हुन् । राष्ट्रसंघ, इजिप्ट, इजरायल र अरू सरोकारवालाको समन्वयमा रफाह नाका खोल्ने तयारी भइरहेको उनले उल्लेख गरे ।

ब्लिन्केनले नाका कहिले खोलिन्छ भन्ने निश्चित समय भने तोकेका छैनन् । आइतबार अमेरिकाले वरिष्ठ कूटनीतिज्ञ डेभिड सेटरफिल्डलाई मध्यपूर्वका निम्ति मानवीय मामिला विशेष दूतका रूपमा नियुक्त गरेको छ । उनी सोमबार इजिप्ट आइपुग्ने र थप काम गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu