ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराध अनुसन्धानमा चुनौती बनेपछि प्रहरीले नियन्त्रणमा लियो ८३ अफलाइन राइडरलाई


एबीसी न्यूज
२९ आश्विन २०८०, सोमबार   १ : ५९   बजे

काठमाडौं, २९ असोज । पठाओ र इन–ड्राइभको नाममा अफलाइन राइड गरेको भन्दै प्रहरीले ८३ जना चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले ८३ जना अफलाइन राइड गर्ने चालकहरूलाई नियन्त्रणमा लिएको प्रवक्ता एवं एसपी कुमोध ढुंगेलले जानकारी दिए।

उनका अनुसार राइडरहरूले अफलाइन ड्राइभ गर्दा आपराधिक घटनामा अनुसन्धान गर्न चुनौती बनिरहेको छ। कतिपय घटनाहरू पठाओ र इन–ड्राइभकै नाममा पनि भइरहेका छन्। कतिपय भने राइडरहरूको सहयोगमा अभियुक्तहरू भाग्ने गरेका छन्। ‘आपराधिक घटनाहरूमा राइडरहरूले अफलाइन राइड गर्दा अपराध अनुसन्धानमा समस्या देखिएको छ,’ एसपी ढुंगेलले भने,‘त्यसैले हामीले यसलाई नियन्त्रण गर्न खोजेका हौं।’ अहिले नियन्त्रणमा लिइएका राइडरहरूलाई प्रहरीले हिरासतमा राख्न लागेको भने होइन। नियन्त्रणमा लिएर ती राइडरको विवरण कम्पनीमा कारबाहीका लागि दिइने एसपी ढुंगेलले बताए। गत वैशाखमा काठमाडौंको कपन सरस्वती नगरमा निरा पाण्डेको पसलमा हत्‍या भएको थियो।

धारिलो हतियार प्रहार गरी भागेका अभियुक्तले अफलाइन राइडको प्रयोग गरी भागेका थिए। जसकारण प्रहरीलाई अनुसन्धान गर्न चुनौती देखिएको एसपी ढुंगेलले बताए। पछि प्रहरीले अभियुक्तलाई झापाबाट पक्राउ गरी ल्याएको थियो। त्यसैगरी अफलाइन राइडरहरू दुर्घटनामा परी यात्रुको मृत्यु भएपछि चालक फरार हुने घटना पनि हुने गरेको प्रहरीको भनाइ छ। केही समयअघि अफलाइन राइड गरेका एक जना चालक आफैं अपहरणमा समेत परेका थिए। गत वर्ष माघमा एक जना पठाओ चालकलाई कोटेश्वरबाट अफलाइन राइड गर्न लगाएर धापाखेल पुर्‍याएपछि बन्धक बनाएर लुटपाट गरिएको थियो।

अफलाइन राइड गर्दा कम्पनीहरूले पनि बीमा सेवा दिँदैनन्। प्रहरीले सर्वसाधरणलाई पनि अफलाइन राइड नगर्न अनुरोध गरेको छ। ‘विगतका केही आपराधिक घटनाहरूमा यस्ता सवारीहरूको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट सदैव जोखिम सिर्जना हुने भएका कारणले अफलाइन राइड सेयर नगर्नेतर्फ सचेत रहन सम्पूर्ण सरोकारवालाहरू तथा आम सर्वसाधरणहरूमा जिल्ला प्रहरी परिसर, काठमाडौं हार्दिक अनुरोध गर्दछ,’ परिसरले जारी गरेको विज्ञप्तिमा भनेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group