ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्री, कतारका विदेश राज्यमन्त्रीबीच टेलिफोन वार्ता, विपीनको खोजीमा सघाउन आग्रह


एबीसी न्यूज
२९ आश्विन २०८०, सोमबार   ४ : १५   बजे

काठमाडौं,२९ असोज । परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजिज बिन सालेह अल खुलाइफीसँग टेलिफोनमा कुराकानी गरेका छन् । कतारका विदेश राज्यमन्त्रीसँग आइतबार उनले टेलिफोन वार्ता गरेका हुन् ।

फोनमा उनीहरूबीच नेपाल–कतार द्विपक्षीय सम्बन्ध, सहयोग र इजरायल र प्यालेस्टाइन क्षेत्रमा विकसित घटनाक्रमका विषयमा छलफल भएको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री साउदले प्यालेस्टाइनी लडाकु समूह हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि हराइरहेका नेपाली विद्यार्थी विपीन जोशीको खोजीमा सघाउन उनलाई आग्रह गरेका थिए । इजरायलका अस्पतालमा नभेटिएकाले हमासले विपीनलाई बन्धक बनाएर लगेको अनुमान गरिएको छ ।

हमाससँग कतार र इजिप्टको सम्बन्ध राम्रो छ । ती देशले हमासले अक्टोबर ७ मा इजरायलबाट बन्धक बनाएर गाजातर्फ लगेका १५० जनालाई छुटाउन भित्रभित्रै प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यसैक्रममा परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्रीलाई फोन गरी विपीनलाई हमासले बन्धक बनाएरनबनाएको बारे बुझ्न आग्रह गरेका हुन् । बन्धक बनाएको भए छुटाउन पहल गरिदिन पनि उनले अनुरोध गरेको मन्त्रालय स्रोतको भनाइ छ ।

सोमबार काठमाडौंमा सुदूरपश्चिम पत्रकार समाजले आयोजना गरेको बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अप्रत्यक्ष रूपमा कतारका विदेश राज्यमन्त्री कुराकानी भएको उल्लेख गरे ।

मन्त्री साउदले भने, “हराएका विद्यार्थीका बारेमा इजरायल सरकार र इजरायलबाहेकका अरू खाडीका सरकारसँग पनि, जसको हमास समूहसँग पनि सम्पर्क छ भन्ने गरिन्छ, ती सरकारसँग पनि उचित समन्वय गरेर खोज्ने काम तीव्रतासँग गरिरहेका छौँ । आवश्यक ठाउँमा कुराकानी भइरहेको छ ।”

परराष्ट्रमन्त्री साउद र कतारका विदेश राज्यमन्त्रीबीच टेलिफोनमा कुराकानी भएको विषय कतारका मिडियाले पनि उल्लेख गरेका छन् ।

कतारी मिडियाका अनुसार टेलिफोन वार्ताका क्रममा कतारका विदेश राज्यमन्त्री खलाइफीले प्यालेस्टाइन र इजरायलको सीमा क्षेत्रमा हिंसा बढ्दै गएकामा चिन्ता व्यक्त गरेका थिए ।

उनले तनाव घटाउन र युद्धबाट नागरिकलाई जोगाउन क्षेत्रीय र अन्तर्राष्ट्रिय संयुक्त प्रयासको आवश्यकतामा जोड दिएका थिए । परराष्ट्र मन्त्री साउदले उक्त क्षेत्रको तनाव कम गर्न निरन्तर प्रयास गरेकामा कतारलाई धन्यवाद दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group