ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ–धनगढी हवाइ भाडा १७ हजार, पर्यटनमन्त्री किराँती चुपचाप


एबीसी न्यूज
२९ आश्विन २०८०, सोमबार   ५ : ०२   बजे

काठमाडौं,२९ असोज ।  हिजो आज काठमाडौँ देखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पुरयाइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । घर जाने समयमा भाडा बढाइएपछि बिद्यार्थी तथा बेरोगजारहरु सबै भन्दा बढी मर्कामा परेको पाइएको छ ।

निजी क्षेत्रका हवाई व्यवसायीले मनपरि रुपमा हवाई भाडा बढाउदा समेत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भाडा घटाउनका लागि कुनै पनि पहल नगरेको भन्दै यात्रुहरु आक्रोसित बनेका छन् ।

देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हुँदा समेत मन्त्री किराँतीले घटाउनेतर्फ कुनै पहल नगरेको भन्दै अहिले सर्बत्र आलोचन सुरु भएको छ । कतिपयले त सुदन किराँती स्टण्डमात्रै बढी गर्ने काम नगर्ने भनेर आरोप लगाउँदै आएका छन् ।

केही समय पहिले राम्रो काम गर्दै आएको भनेर चर्चा पाएका मन्त्री किराँतीले अहिले रु ७ हजार बाट एका एक हवाई भाढा बढेर १७ हजार पुग्दा सम्म चुइक्क नबोलेको भन्दै उनी स्टण्ड देखाउने मन्त्री मात्रै भएको भन्दै आलोचना सुरु भएको हो ।

काठमाडौँ–धनगढी रु १७ हजार भाडा बढेको भन्दै बिद्यार्थीहरुले मन्त्री किराँतीको निवासमा पुगेर भाडा घटाउन आग्रह गरेका थिए । भेटका क्रममा मन्त्री किराँतीले भाडा घटाउने आश्वासन दिएपनि अहिले सम्म भाडा घटाउने विषयमा कुनै पहल नगरेको भन्दै बिद्यार्थीहरु पनि आक्रोसित बनेका छन् ।

उता मन्त्री किराँती भाडा घटाउने विषय आफुले चाहेर पनि समाधान नहुने विषय भएको भन्दै पन्छिने गरेको स्रोतको दावी छ ।
बेला बेला आफ्नै मातहतका कर्मचारीका विषयमा स्पष्टीकरण होस् वा जागिरको अवधी नथपेको बारे फेसबुकमा पोष्ट गरेर वा निजी क्षेत्रलाई हेलीपोट बनाउन दिने विषयमा होस् निकै चर्चामा आइरहने मन्त्री किराँती यतिबेला फेरी चर्चामा आएका छन् ।

कारण हो उनलाई हवाई भाडा घटनाउन माग गर्दै मन्त्री निवास पुलचोक पुगेका बिद्यार्थीलाई भाडा घटाउने आश्वासन दिएपनि यता मन्त्री किराँतीले २०७५ सालमा भाडा समायोजन गर्दा अधिकतम र न्युनतम सर्त राखेर समायोजन गरेकाले घटाउन नसकिने भन्दै पन्छिन खोजीरहेको आरोप छ ।

किराँतीलाई अहिले सामाजिक सञ्जालमा बिद्यार्थी, नेता, सर्वसाधारदेखि पत्रकार सम्मले बिरोध गर्न थालेका छन् । निजी विमान कम्पनीले काठमाडौँ–धनगढीको हवाई भाडा रु सात हजार नौसयबाट वृद्धि गरी रु सत्र हजारभन्दा बढी पु¥याउदा सम्म मन्त्री किराँती चुइक्क नबोलेको भन्दै उनीहरुले बिरोध गर्न सुरु गरेका हुन् ।

चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाईमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा हुन नसकेको भन्दै आक्रेसित भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu