ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ताराध्वज पाण्डे रथीमा बढुवाका लागि सिफारिस, भावी प्रधानसेनापति बन्नसक्ने


एबीसी न्यूज
३० आश्विन २०८०, मंगलबार   १२ : ४५   बजे

काठमाडौं, ३० असोज । सैनिक मुख्यालयले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेलाई रथी पदमा बढुवाका लागि प्रक्रिया अघि बढाएको छ।

सेनाको बढुवा समितिले उनलाई रथी पदमा बढुवा गर्न सिफारिस गरेको सैनिक सचिव विभागका प्रमुख ज्योतीन्द्र महतद्वारा प्रकाशित सूचनामा उल्लेख छ।

अब प्रधानसेनापतिको सिफारिसमा मन्त्रिपरिषद्‌ले उनलाई बढुवा गर्न सक्छ। पाण्डे हाल सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख छन्।
उनी रथीमा बढुवा भए भावी प्रधानसेनापतिको रोलक्रममा रहनेछन्।

नेपाली सेनाले आज जारी गरेको बढुवा सिफारिससम्बन्धी ७ दिने सूचनामा सैनिक सेवा नियमावली २०६९ को परिच्छेद ३ मा रहेको सरुवा तथा बढुवासम्बन्धी व्यवस्थाबमोजिम नेपाली सेनाको सैनिक साधारण सेवातर्फ रिक्त हुन आएको रथी पदमा बढुवा सिफारिसका लागि पाण्डेलाई सिफारिस गरिएको उल्लेख छ।

नेपाली सेनामा हाल दोस्रो वरीयतामा रहेका बलाधिकृत रथी सरोजप्रताप राणा कात्तिक १२ गतेबाट सेवानिवृत्त हुँदै छन्। राणा रथीको नियमित कार्यकाल सकिनु १५ दिनअघि आइतबार बिदामा बसिसकेका छन् । अर्का रथी सीताराम खड्का आगामी पुस ३ मा अवकासमा जाँदै छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group