ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति, विश्वभर जहाँ पुगे पनि एकपटककाे नेपाली सधैँकाे नेपाली


एबीसी न्यूज
३० आश्विन २०८०, मंगलबार   १२ : ५७   बजे

काठमाडौं, ३० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले एक पटकका नेपाली विश्वका जुनसुकै देशमा पुगेपनि नेपाली नै हुने बताएका छन्।

गैर आवासीय नेपाली संघ एनआरएनएको विश्व सम्मेलनलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै पौडेलले एनआरएनले नेपालको अर्थतन्त्र सन्तुलनमा राख्न सहयोग पुर्याइरहेको बताए।

नेपालको जलविद्युतको विश्वमा निर्यात गर्न र नेपालमा विश्वभरबाट पर्यटक भित्र्याउन एनआरएनएले योगदान गर्न सक्ने पौडेलको भनाई थियो। उनले नेपालको संस्कृतिलाई विदेशमा फैलाउन एनआरएनएले सहयोग गर्नुपर्नेमा जोड दिए।

‘एनआरएनएहरुले विदेशमा विकासित नयाँ प्रविधी नेपाल भित्राइ योगदान गर्न सक्छन्,’ राष्ट्रपति पौडेलले भने।

कार्यक्रममा गैरआवासीय नेपाली संघका संस्थापक उपेन्द्र महतोले राष्ट्र समृद्ध बनाउने उद्देश्यले एनआरएनएको स्थापना भएको बताए।

उनले अब पनि सहमतिकै आधारमा संस्थाको नेतृत्व चयन गर्नुर्पेमा पनि जोड दिए।

गैर आवासीय नेपाली संघकी अध्यक्ष रविना थापाले ३ अध्यक्ष हुँदापनि सहमतिमै संस्था सञ्चालन गरेको बताइन्।

अध्यक्ष कुल आचार्यले नागरिकताको मागलाई सरकारले सम्बोधन गरेकोमा खुसी व्यक्त गरे। उनले अब गैर आवासीय नेपालीले पनि वंशजको आधारमा नागरिकता पाउने व्यवस्था गर्नु पर्ने बताए। उनले आफू जन्मे हुर्केको ठाउँको माटो बिक्री नगर्न पनि आग्रह गरे।

एनआरएनएका कार्यकारी अध्यक्ष डा।बद्री केसीले एक पटकको नेपाली सधैंको नेपाली रहेको प्रमाणीत हुनेगरी नागरिकता वितरण भएकोमा खुसी व्यक्त गरे।

उनले १० अर्बको नेपाल डेभलपमेन्ट फण्ड सञ्चालन गर्न कार्यविधि बन्न बाँकी रहेको जानकारी दिए। वैदेशिक रोजगारीमा गएका नेपालीले सहजै पासपोर्ट पाउने व्यवस्था गर्नुपर्नेमा उनको जोड थियो।

कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष तथा संस्थापकहरुलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu