काठमाडौ ३० असोज । अनुगमनको क्रममा प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा गैरीगाउँको भ्याली बाबा सप्लायर्स सिल गरिएको छ ।
काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरूमा सरकारी टोलीको अनुगमनको क्रममा त्यस पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको अनुगमनमा संलग्न अधिकारीले बताएका छन् ।चेकजाँच गर्दा लिटरमा परिमाण कम गरेर ठगेको पाइएकाले सिल गरेको ती अधिकारीले बताए ।त्यसअघि नयाँ बानेश्वरको थ्री ब्रदर्स पेट्रोल पम्पमा पनि अनुगमन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्