काठमाडौँ ३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छातीमा असहज महसुस गरेपछि अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन् । मंगलबार साँझ उनी थापाथलीस्थित नर्भिक अस्पताल पुगेर चेक अप गराएका हुन् ।
अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री दाहालको ‘कोरोनरी एन्जिओग्राम’ गर्ने तयारी भइरहेको छ । उनलाई वार्डमा भर्ना गरिएको छ । डा. यादव भट्टसहितको चिकित्सकको टोली प्रधानमन्त्री दाहालको उपचारमा खटिएको छ ।
प्रतिक्रिया दिनुहोस्