ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सवारी दुर्घटना बढ्दा ट्रमा सेन्टरलाई चाप थेग्न मुस्किल


एबीसी न्यूज
१ कार्तिक २०८०, बुधबार   १ : १६   बजे

काठमाडौं, १ कार्तिक । चाडपर्वमा अन्य अस्पतालमा चहलपहल कम भइरहँदा राष्ट्रिय ट्रमा सेन्टरमा भने बिरामीको भीडभाड हुने गरेको छ । इमर्जेन्सी कक्षमा घाइतेको चापले ड्युटीमा रहेका स्वास्थ्यकर्मी बिदाको महसुस नै गर्न पाउँदैनन् ।

विशेषगरी दसैँमा सवारी दुर्घटना बढ्दा त्यसको प्रत्यक्ष प्रभाव ट्रमाको इमर्जेन्सी कक्षमा देखिन्छ ।

त्यसो त ट्रमाको इमर्जेन्सीमा अन्य समयमा पनि दुर्घटनाका घाइते आउने गर्छन् । यसै वर्षको साउनमा मात्रै एक हजार ६५७ वटा इमर्जेन्सी केसको उपचार भएको अस्पताल निर्देशक डा। बद्री रिजाल बताउँछन् ।

यो संख्या असोजमा एक हजार ५६४ छ । इमर्जेन्सीमा आउनेमध्ये अधिकांश सवारी दुर्घटनाका घाइते छन् ।

चाडपर्वको समयमा तीव्र सवारी साधन चलाउने, मदिरा सेवन गरेर चलाउनेजस्ता कारणले दुईपांग्रे सवारी बढी दुर्घटना हुने गरेको पाइएको छ ।

यसरी आउने घाइतेमा सामान्य चोटपटकदेखि इमर्जेन्सी शल्यक्रिया गर्नुपर्नेसम्मका अवस्था भएको डा। रिजालको भनाइ छ ।

दसैँमा दुर्घटनाका इमर्जेन्सी केस कति बढी ?
राष्ट्रिय ट्रमा सेन्टरको तथ्यांकमा दसैँ तिहारमा दुर्घटनाबाट इमर्जेन्सीमा आउने घाइतेको अन्य महिनाको भन्दा झन्डै दुईसयले बढी देखिन्छ ।

२०७८ को असोज १ देखि कात्तिक ३० सम्म इमर्जेन्सीमा तीन हजार ३१६ घाइतेको उपचार भएको छ । यो संख्या २०७९ मा तीन हजार ३४ छ ।

असार साउन र दसैँ तिहारका महिनाबाहेक मासिक औसत एक हजार दुईसय इमर्जेन्सी केस हुने गरेको अस्पतालका सूचना अधिकारी नवराज गौतम बताउँछन् ।

३७ बेड इमर्जेन्सी सञ्चालनमा रहेको ट्रमाका लागि दसैँ तिहारमा आउने इमर्जेन्सी केस धान्न हम्मेहम्मे पर्छ ।

“हामीलाई अन्य समयमा पनि इमर्जेन्सी बेड पर्याप्त छैन झन् दसैँको बेला देशभरबाट केस आउँछन् अवस्था सहज हुँदैन,” निर्देशक डा। रिजाल भन्छन् ।

ट्रमाले वार्षिक १९ हजार इमर्जेन्सी केसको उपचार गर्दै आएको तथ्यांक छ ।

इमर्जेन्सी मात्रै झन्डै ५० जना तैनाथ
दसैँ अवधिभरमा दुर्घटनाका घटना बढ्ने हुँदा ट्रमाको इमर्जेन्सीमा झन्डै ५० जना स्वास्थ्यकर्मी ड्युटीमा खटाउने गरिएको छ ।

डा। रिजालका अनुसार ३२ जना स्टाफ नर्स, कन्सल्टेन्ट तथा आवासीय चिकित्सकलगायत ५० जनाको टोली इमर्जेन्सी कक्षमा ड्युटीमा रहन्छन् । यसबाहेक इमर्जेन्सी शल्यक्रियाका लागि विशेषज्ञको टोलीलाई पनि जगेडा राख्ने गरिएको उनी बताउँछन् ।

तर, दुईसय बेडको अस्पतालमा २६७ जना मात्रै सरकारको स्थायी दरबन्दी रहेकाले ट्रमा सेन्टरलाई अझै पर्याप्त जनशक्तिको अभाव रहेको डा. रिजालको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group