ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एडीबीले दुई वर्ष लगाएर मेलम्चीको अध्ययन गरेपछि भन्यो– मुहान सार्नुपर्छ


एबीसी न्यूज
१ कार्तिक २०८०, बुधबार   २ : ३९   बजे

काठमाडौं, १ कात्तिक । तोकिएको समयमा सम्पन्न नभएको राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको मुहान सार्ने गृहकार्य भइरहेको छ ।

पहिले नै सम्भावित जोखिमको अध्ययन विस्तृतमा नभएको आरोप लाग्दै आएको मेलम्ची आयोजनाको पुनः लागत बढाउने खेल सुरु भएको कतिपयको भनाइ छ । मेलम्चीको बाँध सार्दा कम्तिमा पनि चार अर्ब रुपैयाँ थप रकम आवश्यक पर्ने अनुमान गरिएको छ । त्यो ठाउँको बारेमा थाहा नै नभएको दाताले कस्तो अध्ययन गर्छ भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।

तर, पुनः प्रमुख दाता एसियाली विकास बैंक एडीबी ले नै अध्ययन गरेको छ । कुन कम्पनीसँग मिलेर अध्ययन गर्‍यो भन्ने खुलाइएको छैन ।

मेलम्ची खानोपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्त भन्छन्, “एडीबीले विस्तृत अध्ययन गरेर मुहान सार्न प्रतिवेदन पेस गरेको छ । तर, कुन कम्पनीसँग मिलेर अध्ययन गर्‍यो भन्ने हामीलाई थाहा हुँदैन ।”

यो आयोजनाको मुहान २०७८ असारमा गएको बाढीले क्षति गरेपछि एडीबीले अध्ययन थालेको प्रवक्ता पन्तले बताए । उक्त अध्ययनको विस्तृत प्रतिवेदन एडीबीले मेलम्ची खानोपानी विकास समितिमा बुझाइसकेको प्रवक्ता पन्तले बताए ।

अहिले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवक्र्स सो क्षेत्रको भू–बनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । अहिलेको मुहानबाट बाह्रै महिना काठमाडौंमा पानी पठाउन नसक्ने भएपछि यसको विकल्प खोज्न दातृ निकायले आग्रह गरेको पन्तले बताए ।

पन्तकाअनुसार एडीबीले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवक्र्स अहिले भएको स्थानभन्दा करिब एक किलोमिटर माथि सार्नुपर्ने भएको अवस्था आएको छ । “२०७८ असारमा बाढी गएपछि त्यसको सम्भावित कारण र आगामी वर्षमा बाढीले पुर्‍याउने सम्भावनाको विषयमा विस्तृत अध्ययन भएको थियो । यो अध्ययन दुई वर्ष लगाएर भएको छ,” पन्तले भने, “सर्कथली भन्ने ठाउँमा मुहान सार्ने प्रस्ताव भएको छ । अहिलेको ठाउँभन्दा एक किलोमिटर भित्र नै छ त्यो ठाउँ । अहिलेको मुहानमा बाढीले क्षति पुर्‍याएको छ । अझै क्षति पुर्‍याउने सम्भावना पनि छ ।”

एडीबीले आयोजनालाई अध्ययन प्रतिवेदन बुझाइसकेको उनले बताए । तर, थप काम अगाडि बढाउन सरकारले उक्त प्रस्ताव स्वीकृत गर्नुपर्ने पन्त बताउँछन् ।

सरकारको निर्णयपछि नयाँ हेडवर्क्स बनाउन सिफारिस गरिएको ठाउँको भौगर्भिक अध्ययनका साथै विस्तृत परियोजना प्रतिवेदन डीपीआर निर्माण गर्न परामर्शदाता चयनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्छ ।

डीपीआर प्रतिवेदन स्वीकृत भएपछि हेडवर्क्स निर्माणका लागि निर्माण कम्पनी छनोट प्रक्रिया अगाडि बढ्ने पन्तले  भने ।

“कम्पनी छनोट भइसकेपछि हेडवक्स निर्माण गरी त्यसको सञ्चालन गर्न करिब तीन वर्ष समय लाग्न सक्ने । नयाँ हेडवक्स निर्माण गरी सञ्चालनमा ल्याउन लाग्न सक्ने लागतको यकिन डीपीआर निर्माणपछि मात्र स्पष्ट हुन्छ,” उनले भने, “हेडवक्स निर्माण गरेर मात्र हुँदैन । नयाँ हेडवक्स निर्माण हुने स्थानबाट अहिलेको हेडवक्स रहेको स्थानसम्म पानी पथान्तरणका लागि सुरुङ मार्ग निर्माण गर्नु पर्छ । यी संरचना निर्माण गर्नसमेत मन्त्रिपरिषद् वा सम्बन्धित मन्त्रालयको मन्त्रालयस्तरीय निर्णयबाट स्वीकृत हुनु पर्छ । अहिले पानी पठाइ रहेको मुहानको विषयमा पनि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ ।”

बाढीले गर्दा अहिले पनि एक करोडभन्दा बढीको क्षति वर्षेनि हुने गरेको उनले बताए । अहिलेको ठाउँभन्दा अब सुरक्षित ठाउँ खोजिएको पनि उनले बताए । दातृ निकायले पनि लगानी गर्छु भनेको पनि उनले बताए ।

अल्पकालीन रूपमा आयोजना सञ्चालन गर्ने पनि मन्त्रालयले निर्णय गर्नुपर्ने उनको भनाइ छ । २०५८ सालमा नेपाल सरकार र एडीबीबीच आयोजनाका लागि ऋण सहमति भएको थियो । तर, त्यसको १३ वर्षपछि २०७७ फागुन २२ गते मेलम्चीको पानी सुन्दरीजल आइपुगेको थियो ।

एडीबीको ऋणमा बनेको यो आयोजना तोकिएको मितिभन्दा ढिलो बन्दा पनि पाँच अर्ब रुपैयाँ बढी लागत बढेको थियो । यो आयोजनामा नेपाल सरकारको ९५ मिलियन अमेरिकन डलर, एडीबीको ऋण २०७।४ मिलियन अमेरिकी डलर र वैदेशिक अनुदान १०।५ मिलियन अमेरिकी डलर रहेको छ ।

ऋणवापतको किस्ता र ब्याज अहिले पनि आयोजनाले एडीबीलाई अहिले पनि बुझाइरहेको छ । आयोजना सुरू गर्दा ४६४ मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group