ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तोल्कामा फुलपातीको दिन निःशुल्क स्वास्थ्य शिविर हुने


abc tv
३ कार्तिक २०८०, शुक्रबार   ९ : २१   बजे

पोखरा । कास्कीको अन्नपूर्ण गाउंपालिकाको वडा नम्वर ७ हिमालय माविमा शनिवार एकदिने निशुल्क स्वास्थ्य शिबिर हुने भएको छ ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा समर्पणको संयुक्त आयोजना तथा फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिको प्राविधिक सहयोग, एडिथ कोवान युनिभर्सिटी, अस्ट्रेलियाको सहयोगमा बृहत् निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।

शिविरमा छाती तथा मुटुरोग, भिडियो एक्सरे, हाडजोर्नी तथा नशा रोग, निःशुल्क मधुमेह जाँच, ईसिजी, स्त्री तथा प्रसूति रोग, बालरोग, निःशुल्क औषधि वितरण तथा ईसीजी लगायतको सेवा समेत प्रदान गरिने फिस्टेल हस्पिटलका अध्यक्ष अशोक पालिखेले बताएका छन ।

लायन्स क्लव अफ अन्नपुर्ण पोखराका पुर्व अध्यक्ष सोनाम साङपोले ग्रामीण भेगका जनतालाई प्रत्येक वर्ष यसरी सेवा दिंदै आएको जानकारी दिएका छन् ।

निःशुल्क स्वास्थ्य शिविर बिहान ९ बजेदेखि दिउंसो १ः३० बजेसम्म नाम दर्ता गरी सेवा लिन सकिने कार्यक्रम संयोजक एवं अन्नपुर्ण गाउंपालिका वडा नम्वर ७ का वडा सदस्य गौप्रसाद गुरुङले जानकारी दिए ।

शिविरको स्थानीय सहयोगीमा देउराली आमा समूह, तोल्का, अन्नपूर्ण–७, कास्की बिचुक आमा समूह, बिचुक, अन्नपूर्ण( ७, कास्की बराह आमा समूह, लान्द्रुक, अन्नपूर्ण ७, कास्की र समन्वयमा उज्यालो भविष्य नेपाल, पोखरा रहेको छ ।

तोल्कामा हुने शिविरमा पांच सय बढीलाई सेवा प्रदान गरिने लक्ष्य लिईएको उज्यालो भविष्य नेपाल, पोखराका अध्यक्ष राज बहादुर गुरुङले बताएका छन ।

निशुल्क स्वास्थ्य शिविरका लागी अष्ट्रेलियाका ११ जना चिकित्सक टोली तोल्का गाऊंमा आईपुगेको र फिस्टेल हस्पिटलका चिकित्सक टोली औषधी सहित शनिबार बिहानै पुग्ने भएको समेत छ ।

शिबिरमा १३० जना बिधार्थीलाई शैक्षिक सामग्री तथा युवती, महिला बिधार्थीलाई पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गर्ने कार्यक्रम समेत रहेकोछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

बागमतीका मुख्यमन्त्री बानियाँले गरे ,६ मन्त्रालय खारेज

सम्बन्धित

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu