ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनसँगको सम्बन्ध आन्तरिक कारणले परिवर्तन हुँदैन : प्रधानमन्त्री प्रचण्ड


ABC NEWS
७ कार्तिक २०८०, मंगलबार   ६ : ५७   बजे

बेइजिङ ७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको आन्तरिक कारणले चीनसँगको सम्बन्धमा कुनै परिवर्तन नहुने बताएका छन् ।

आज चीनको राजधानी बेइजिङमा भएको ‘चीनको छिमेक कूटनीतिको मित्रता, इमानदारिता, साझा फाइदा र समावेशीता’को कार्यक्रम आएको एक दशक पुगेको अवसरमा भिडिओ सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

चीनले नेपालको कोभिड–१९ लडाइँमा गरेको सहयोगको तारिफ गर्दै प्रधानमन्त्रीले नेपाल र चीनको सम्बन्ध मित्रता र विश्वासमा आधारित भएको बताए । नेपाल(चीन जोड्ने रेलमार्गदेखि ट्रान्समिसन लाइन निर्माणका कामहरु अगाडि बढाउन आवश्यक भएको उनको भनाइ थियो । प्रधानमन्त्रीले भने, ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ । नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिइने छैन ।’

चिनियाँ विदेश मन्त्रालय र चीनको थिंक ट्याङ्क चाइना इन्ष्टिच्युट अफ इन्टरनेसनल रिलेसन्स्को संयुक्त आयोजनामा भएको अन्तरास्ट्रिय गोस्टीको उद्घाटन गर्दै चिनियाँ विदेशमन्त्रीले नेपाललाई भूकम्प हुँदा गरेको सहयोग स्मरण गरे भने लाओस् र चीन रेलमार्गको कारणले भूपरिवेष्ठित लाओस् भूजडित् भएको बताए ।

उनले आसियानको जनसंख्याकै संख्यामा चीनले कोभिड खोप उपलब्ध गराएको समेत बताए । विश्वको आर्थिक वृद्धिमा ३० प्रतिसत तथा एसियाको बृद्धिमा ६० प्रतिशत चीनको योगदान भएको भन्दै उनले त्यसको फाइदा सबै छिमेकहरुले लिनुपर्ने बताए । तर, त्यसको लागी शान्ति अनिवार्य सर्त भएको तर्क गरे ।

चिनियाँ रास्ट्रपति सीले हावा र घामको किरणसँग शान्तिको तुलना गरेको भन्दै उनले विकासमा शान्ति अनिवार्य भएको भन्दै शितयुद्धकालिन धङधङ्गी अन्त्य हुनुपर्ने बताए ।

कार्यक्रममा मंगोलियाका प्रधानमन्त्री लुभसान्भ्सराई ओयुन–एर्देन, कम्बोडियाका उपप्रधानमन्त्री सुन चान्थोल, जापानका पूर्वप्रधानमन्त्री युसो फुकुदा, दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री लि हान चानदेखि पाकिस्तानका सिनेट अध्यक्ष महोम्मद सादिक सन्जराईनी लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group