ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा अन्तर्राष्ट्रिय मानवीय कानुनको स्पष्ट उल्लंघन, राष्ट्रसंघ


एबीसी न्यूज
८ कार्तिक २०८०, बुधबार   ११ : २७   बजे

काठमाडौं, ८ कात्तिक ।  संयुक्त राष्ट्रसंघले गाजामा भइरहेको अन्तर्राष्ट्रिय मानवीय कानुनको स्पष्ट उल्लंघनप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले नागरिकलाई ‘मानव ढाल’को रूपमा प्रयोग गरेको र दक्षिणी गाजामा इजरायलले गरिरहेको बमबारीको निन्दा गरेका छन् ।

राष्ट्रसंघका प्रमुख गुटेरेसले इजरायलमा हमासको हमला बिनाकारण नभएको टिप्पणी गरेपछि इजरायली कुटनीतिज्ञहरुले आलोचना गर्दै उनको राजीनामाको माग गरेका छन् ।

यसबीच मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्मा इजरायल–गाजा युद्धलाई लिएर पहिलोपटक खुला बहस भएको छ । बहसमा गाजामा भइरहेको ठूलो विनाश र बढ्दो मानवीय क्षतिका बेला सहायता पुग्नुपर्ने र तत्काल युद्धविराम हुनुपर्ने आह्वान सदस्यले गरेका छन् ।

करिब ९० देश वक्ताको रुपमा रहेको र ३० देशका विदेशमन्त्री सहभागी बहसमा वाशिंगटन भने युद्धविरामको पक्षमा उभिएन ।वाशिंगटनले अमेरिका मानवीय ‘पज’को पक्षमा रहेको बताएको छ ।

गाजामा मंगलबार राति र बुधबार मध्यरातमा थप आक्रामक बमबारी भएको र पछिल्लो २४ घण्टामा ७०० भन्दा बढीको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

गाजामा इजरायली आक्रमणमा कम्तीमा ५ हजार ७९१ प्यालेस्टाइनीको ज्यान गइसकेको छ । १० हजारभन्दा बढी घाइते भएका छन् । अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा इजरायलमा १४ सयभन्दा बढीको ज्यान गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

बागमतीका मुख्यमन्त्री बानियाँले गरे ,६ मन्त्रालय खारेज

सम्बन्धित

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu