ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले सबैभन्दा बढी निर्यात गर्ने १० देश


एबीसी न्यूज
८ कार्तिक २०८०, बुधबार   ११ : ३२   बजे

काठमाडौं, ८ कात्तिक ।  नेपालले एक वर्षमा साढे १४ खर्बको व्यापार घाटा व्यहोरेको छ । आर्थिक वर्ष २०७९र०८० मा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको आयात गरेको छ । सोही वर्ष नेपालले १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बरारबको वस्तु निर्यात गरेको छ । नेपालले १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँको घाटा व्यहोरेको हो ।

एक वर्षको अवधिमा नेपालको सबैभन्दा बढी व्यापार घाटा भारत र दोस्रोमा चीनसँग छ ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालले सबैभन्दा बढी निर्यात गरेका देश यी हुन्ः
१।भारत– एक वर्ष अर्थात् गत आर्थिक वर्षमा नेपालले भारतमा करिब १ खर्ब ६ अर्ब बराबरको निर्यात गरेको छ । भारतबाट नेपालले १० खर्ब २७ अर्ब ८४ करोड रुपैयाँको आयात गरेको छ । यसरी भारतसँगको व्यापार घाटा ९ खर्ब २१ अर्ब रहेको छ ।

२।अमेरिका– एक वर्षमा नेपालले अमेरिकामा १९ अर्ब ५७ करोडको निर्यात गरेको छ । अमेरिकाबाट १९ अर्ब ४२ करोडको मात्रै आयात गर्दा, नेपाल १४ करोडले व्यापार नाफामा रहेको छ ।

३।जर्मनी– नेपालले एक वर्षमा जर्मनीमा ४ अर्ब ३५ करोड रुपैयाँको निर्यात गरेको छ । तर, ६ अर्ब ७५ कराडको आयात गर्दा २ अर्ब ४० करोडको व्यापार घाटा रहेको छ ।

४।बेलायत– बेलायतमा नेपालले गत आर्थिक वर्ष २०७९र८० मा ३ अर्ब ३३ करोड रुपैयाँको निर्यात गरेको छ । बेलायतबाट ६ अर्ब ४८ करोड रुपैयाँ बराबरको आयात गर्दा व्यापार घाटा ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।

५।टर्की– नेपालले टर्कीमा २ अर्ब १५ करोड रुपैयाँको निर्यात गर्दा ४ अर्ब ४३ करोडको आयात गरेको छ । यसरी टर्कीसँग नेपालको व्यापार घाटा २ अर्ब २७ करोड छ ।

६।फ्रान्स– एक वर्षमा नेपालले फ्रान्समा १ अर्ब ८३ करोड रुपैयाँको निर्यात गरेको छ भने ८ अर्ब १२ करोडको आयात गरेको छ । यसरी व्यापार घाटा ६ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।

७।क्यानडा– क्यानडामा १ अर्ब ७८ रुपैयाँ बराबरको निर्यात गर्दा त्यहाँबाट ४ अर्बको आयात भएको छ । क्यानडासँगको व्यापार घाटा २ अर्ब २८ करोड छ ।

८।चीन– नेपालले चीनमा १ अर्ब ७६ करोडको निर्यात गर्दा त्यहाँबाट २ खर्ब २२ अर्बको आयात गरेको छ । व्यापार घाटा चीनसँग २ खर्बभन्दा माथि छ ।

९।अस्ट्रेलिया– नेपालले अस्ट्रेलियामा १ अर्ब ६१ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । अस्ट्रेलियाबाट १८ अर्ब ६० करोड रुपैयाँ बराबरको आयात गर्दा व्यापार घाटा १६ अर्ब ९८ करोड छ ।

१०।जापान– नेपालले जापानमा १ अर्ब ४२ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । तर, जापानबाट ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको आयात गर्दा व्यापार घाटा ४ अर्ब छ ।

नेपालले सबैभन्दा बढी आयात गर्नेमा चीन दोस्रो नम्बरमा भए पनि निर्यातमा भने चीन ८ औं नम्बरमा छ । सबैभन्दा बढी निर्यात गर्ने १० देशको सूचीमा नेपालको व्यापार नाफा अमेरिकासँग मात्रै छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group