ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा आक्रमण रोक्न इजरायललाई अन्तर्राष्ट्रिय दबाब


एबीसी न्यूज
८ कार्तिक २०८०, बुधबार   १२ : २२   बजे

काठमाडौं, ८ कात्तिक ।  इजरायल र हमासबीच जारी लडाइँ रोक्न अन्तर्राष्ट्रिय माग बढ्दै गएको छ। गाजामा फसेका मानिसहरूलाई राहत सामग्री पुर्‍याउन सकियोस् भनेर उक्त युद्ध अन्त्यको माग गरिएको हो।

यही अक्टोबर ७ मा आफूलाई हमासले आक्रमण गरेपछि इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ। गाजामा हमासको सत्ता छ।

गाजामा बिजुली, पानी र इन्धनको आपूर्ति बन्द गरिएको छ। यहाँका मानिस निकै कठिन परिस्थितिमा छन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अस्थायी युद्धविरामको प्रस्ताव गरेका छन्। तर उनले हमासलाई मात्र फाइदा हुने भन्दै औपचारिक युद्धविरामको सम्भावनालाई अस्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ।

अस्ट्रेलियाका विदेशमन्त्री पेनी वाङले इजरायलले आफ्नो सुरक्षाको अधिकारको प्रयोग कसरी गर्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको बताएका छन्।

गाजामा मानवीय संकटको बारेमा चिन्ता बढ्दै गएको छ। इजरायलका सहयोगीहरू पनि गाजाको अवस्थालाई लिएर गम्भीर छन्।

मंगलबार राहत सामग्री बोकेका आठ ट्रक मात्र इजिप्ट हुँदै गाजा प्रवेश गर्न पाएका छन्।

राहत एजेन्सीहरूले आवश्यकताको तुलनामा यो केही नभएको बताएका छन्।

संयुक्त राष्ट्र संघका कर्मचारीहरूले गाजामा इन्धन आपूर्ति नगरे बुधबारदेखि काम गर्न नसक्ने बताएका छन्।

इजरायलले गाजामा इन्धन आपूर्ति बन्द गरेको छ। गाजामा इन्धन गयो भने हमाससम्म पुग्ने उसको आशंका छ।

अमेरिका, अस्ट्रेलिया र क्यानडाजस्ता देशले मानवीय आधारमा युद्ध रोक्न अपिल गरेका छन्। तर यी देशले सार्वजनिक रूपमा स्थायी युद्धविरामको लागि आह्वान गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu