ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ वैकल्पिक शक्ति बनाउने बाबुरामको घोषणा


एबीसी न्यूज
९ कार्तिक २०८०, बिहिबार   १ : ३९   बजे

काठमाडौं, ९ कात्तिक ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले फेरि वैकल्पिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमार्फत डा. भट्टराईले संविधान जारी भएपछि कान्तिकारीहरू नै सत्ताको चानीमा डुब्ने आँकलन गरेर नै आफूले नयाँ शक्ति निर्माणको अभियान थाले पनि पुरानाहरूलाई नै लिएर सुधार गर्ने आदर्श प्रयासले असफलता हात परेको स्वीकार गरेका छन् ।

“हामीले २०७२ सालमा यही कुराको पूर्वानुमान गरेर नयाँ अग्रगामी विचारसहितको ‘नयाँशक्ति’ को आवश्यकता भनेका हौँ र त्यसको निर्माणको प्रयत्न गर्दै आएका हौँ । परन्तु बीचबीचमा हामीले तिनै प्रतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएर हाम्रो कोसिस अपेक्षित गतिमा परिणाममुखी बन्न सकिरहेको छैन,” डा। भट्टराईले लेखेका छन्, “केही समययता हामी आफ्ना गल्तीकमजोरीलाई सच्याएर नयाँ ढंगले अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित भैरहेका छौँ ।”

उनले पुराना दलहरूको अकर्मन्यता र गलत कर्मले नयाँ वैकल्पिक शक्ति निर्माणका आधार तयार गर्दै गरेको पनि उल्लेख गरेका छन् ।

“यो बीचमा पुराना राजनीतिक शक्ति र नेतृत्वप्रति जनताको वितृष्णा र आक्रोश बढेर जानु स्वाभाविक छ,” भट्टराईले भनेका छन्, “असन्तुष्टी नै नयाँ सिर्जनाको जननी हो भने झै यसले नयाँ वैकल्पिक शक्तिको निर्माणमा नयाँ आधार निर्माण पनि गर्दैछ ।”डा। भट्टराईले अल्वर्ट आइन्सटाइन र रोजा लग्जेम्बर्गका भनाइहरू कोट गर्दै दुवैका विचारहरू साथमा लिएर नयाँ वैकल्पिक शक्ति निर्माणको प्रयास हु्ने बताएका छन् ।

आइन्सटाइन भन्थे– जुन चेतनाले कुनै समस्या सिर्जना गरेको हुन्छ त्यही चेतनामा उभिएर सो समस्या हल गर्न सकिन्न ।’

त्यस्तै, लेनिनलाई दरो वैचारिक टक्कर दिने रोजा लग्जेम्बर्ग भन्थिन्– कुनै पनि क्रान्ति स्थिर रहन सक्दैन, त्यो कि अघि बढ्छ कि पछि हट्छ । उनले नेपालमा बीपी कोइराला र प्ुष्पलाल श्रेष्ठले सुरु गरेको राजनीतिक आन्दोलनले ०७२ सालमा संविधानसभाबाट संविधान जारी भएपनि राजनीतिक दलहरूको सत्ता स्वार्थले त्यसलाई कार्यान्वयनमा अवरोध गरेको उल्लेख गरेका छन् ।

“नेपालमा २००७ सालतिर बीपी र पुष्पलालहरूले सुरू गरेको पुँजीवादी लोकतान्त्रिक क्रान्तिलाई ६५ बर्षसम्म संघर्षका विभिन्न उतारचढाव हुँदै हाम्रो पुस्ताले २०७२ सालमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेर सापेक्ष पूर्णतामा पु¥याएकै हो,” भट्टराईले भनेका छन्, “परन्तु त्यस यताको समयमा त्यो ऐतिहासिक राजनीतिक क्रान्तिलाई पछिल्लो भू–राजनीतिक र भू–आर्थिक विशेषता र नेपालको विशिष्ठता अनुरूप नयाँ आर्थिक–सामाजिक क्रान्तिको विचार÷नीति÷योजना÷कार्यान्वयन मार्फत रक्षा र विकास गर्दै आम जनतालाई सुशासन र समतामूलक समृद्धिको प्रत्याभूति र समग्र क्रान्तिको निरन्तरता दिनु पर्नेमा पुराना क्रान्तिकारी नेताहरू नै सत्तास्वार्थको चास्नीमा डुब्न पुग्नु अहिलेको नेपालको प्रमुख समस्या हो ।”

उनले यी समस्याका बावजुत आफूले आइएन्सटाइन र लग्जेम्वर्गको भनाइलाई आन्मसाथ गर्दै क्रान्ति र परिवर्तनको प्रक्रियालाई अघि बढाइरहेको भन्दै युवा र पुराना शक्तिहरूलाई पनि विचार गर्न आह्वान गरेका छन् ।

“अतः पछिल्लो इन्टरनेट र एआई प्रविधिमा पोख्त हाम्रो नयाँ पुस्ताले यसमा विशेष ध्यान देओस् पुराना क्रान्तिकारी आन्दोलनका भ्रष्टिकृत नभैसकेकाहरूले पनि आइन्सटाइन र रोजालाई सम्झिउन १,” डा. भट्टराईले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group