ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हृदयाघातका कारण चीनका निवर्तमानप्रधानमन्त्री ली खछ्याङको निधन


ABC NEWS
१० कार्तिक २०८०, शुक्रबार   ८ : ०२   बजे

कात्तिक १०, काठमाडौँ । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ।

शुक्रबार बिहान सांघाईमा हृदयाघातको कारण उनको निधन भएको चिनियाँ सञ्चार माध्यमले नजाएका छन्।

६८ वर्षीय ली चिनियाँ कम्युनिस्ट पार्टीको १७ औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समिति सदस्यसमेत थिए।

उनी चिनियाँ कम्युनिस्ट पार्टी ‘सीसीपी’को तल्लो तहबाट उठ्दै माथि पुग्ने नेताहरूमा गनिन्छन् । उनलाई कुनै समय चीनको भावी राष्ट्रपतिका रुपमा समेत हेर्ने गरिएको थियो । २०१३ मा प्रधानमन्त्री बनेका ली करिब १० वर्षसम्म पदमा रहेका थिए । पेकिङ विश्वविद्यालयमा अध्ययन गरेका ली चीनको अर्थ नीतिका सुक्ष्म जानकार थिए ।

लीलाई बिहीबार अचानक हृदयाघात भएपछि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा स्थानीय समय अनुसार गए राति १२ः१० उनको मृत्यु भएको हो।

सन् २०१२ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ महाधिवेशनबाट महासचिव चयन भएसँगै सी चिनफिङ बेइजिङको मुख्य नेतृत्वमा उदाएका थिए।

सीले आफु राष्ट्रपति भएसँगै लीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिए। सी दुई कार्यकाल राष्ट्रपति रहँदा ली पनि दुई कार्यकाल नै प्रधानमन्त्री रहे।

यस हिसावले ली सन् २०१३ मार्चदेखि २०२३ को मार्चसम्म १० वर्ष चीनको प्रधानमन्त्री रहे।

सन् २०२२ मा भएको पार्टीको २०औँ महाधिवेशनबाट महासचिवमा निरन्तर रहेसँगै सीको तेस्रो कार्यकाल सुरु भयो। ली भने पार्टीको स्थायी समिति र प्रधानमन्त्रीबाट विदा भए।

पार्टीको शक्तिशाली स्थायी समितिमा सीपछि दोस्रो नम्बरमा आएका ली चिङ प्रधानमन्त्री बने।

ली पछिल्लो समय विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको आर्थिक विकासका एक दूरदर्शी नेता मानिन्थे। दुई कार्यकाल गरी १० वर्ष प्रधानमन्त्री रहँदा लीले नीजि क्षेत्रको अर्थतन्त्र प्रवद्र्धन र विदेशी लगानी भित्र्याउन महत्वपूर्ण भूमिका खेले।

कोभिड महामारीले सिर्जना गरेको आर्थिक अस्तव्यस्तता र विश्वको नम्बर एक अर्थतन्त्र अमेरिकासँगको व्यापार तनाव लीले आफ्नो कार्यकालमा झेलेका ठूलठूला संकट थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu