ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनए अध्यक्ष केसी विमानस्थलमै पुगे,अमेरिका जान लागेका राप्रपा अध्यक्ष लिङदेनलाई भेट्न


एबीसी न्यूज
१० कार्तिक २०८०, शुक्रबार   २ : २९   बजे

काठमाडौं, १० कात्तिक । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष डा.बद्री केसीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर भेटेका छन्।

अमेरिका भ्रमणमा जानुअघि केसीले लिङदेनलाई विमानस्थलको विशिष्ट कक्षमा पुगेर भेटेका हुन्। त्यसक्रममा उनीहरुबीच एक्ला एक्लै पनि वार्ता भएको छ।

उनीहरुबीच एनआरएनएको हालै काठमाडौँमा सम्पन्न सम्मेलन र अन्य विविध विषयमा कुराकानी भएको बताइएको छ।

यसैबीच राप्रपा अध्यक्ष लिङ्देन गएराति संयुक्त राज्य अमेरिकाको भ्रमणमा गएका छन्। अध्यक्ष लिङ्देन पार्टीका उपाध्यक्ष तथा सांसद बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर अमेरिका प्रस्थान गरेका हुन्।

राप्रपा निकट प्रवासी नेपाली एकता समाज पानस अमेरिकाको निमन्त्रणामा लिङदेन अमेरिका प्रस्थान गरेका हुन्।

अमेरिका रहँदा उनी विभिन्न कार्यक्रममा सहभागी हुने राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

लिङ्देनको भ्रमण टोलीमा उनकी श्रीमती सीता थापा लिङ्देन, राप्रपा सहायक महामन्त्री विजय खड्का, केन्द्रीय सदस्य एवं प्रवास विभागका प्रमुख आनन्द अधिकारी लगायत सहभागी छन्।

लिङ्देन कात्तिक २१ मा स्वदेश फर्किने कार्यक्रम छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu