ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कूल निर्यातभन्दा दुई महिनामासाढे आठ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात


एबीसी न्यूज
१२ कार्तिक २०८०, आइतबार   १२ : ३०   बजे

काठमाडौं, १२ कात्तिक । चालु आर्थिक वर्ष २०८०र०८१ को दुई महिनामा नेपालले कूल निर्यातभन्दा साढे आठ अर्ब रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आबको साउन–भदौमा नेपालले कुल २६ अर्ब, ४४ करोड ७० लाख ३३ हजार निर्यात गरेको छ । उक्त समय अवधिमा ३४ अर्ब ९३ करोड ९९ लाख ८३ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ ।

दुई महिनामा आयात निम्ति दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजार रुपैयाँ बाहिरिएको छ । नेपालले पेट्रोलियम पदार्थको आयात नेपाल आयल निगमले गर्छ । निगमले इन्डियन आयल कर्पोरेशनबाट सीधै उपभोग गर्न सकिने पेट्रोलियम पदार्थको खरिद गर्ने गर्छ ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालले दुई महिनामा ११ अर्ब ३० करोड ५७ लाख ७३ हजार रुपैयाँको एक लाख १२ हजार १८२ किलोलिटर पेट्रोल आयात गरेको छ । उक्त अवधिमा ५५ करोड ९४ लाख १६ हजार रुपैयाँको ८१ लाख ८५ हजार ६६९ लिटर हवाईफ्युल आयात गरेको छ ।

साउन र भदौमा १५ अर्ब ७४ करोड ८४ लाख ८३ हजार रुपैयाँको एक लाख ५१ लाख ३७२ किलोलिटर डिजेल आयात गरेको जानकारी विभागले दिएको छ । उक्त दुइ महिनामा सात अर्ब ३२ करोड ६३ लाख १३ हजार रुपैयाँको आठ करोड ८२ लाख ७१ हजार ४८६ केजी खाना पकाउने एलपीजी ग्यास आयात गरेको छ ।

१४ अर्ब राजश्व संकलन

नेपालले दुई महिनामा पेट्रोल, डिजेल, हवाई फ्युल र एलपीजी ग्यासबाट १४ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । विभागको तथ्यांकअनुसार साउन र भदौमा १४ अर्ब एक करोड ९८ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

कूल निर्यात पनि घट्यो

गत वर्ष २०७९–०८० को तुलनामा कूल निर्यातमा पनि दुई अर्ब २३ करोड ३४ लाख चार रुपैयाँ कमी आएको छ । गत वर्षको साउन र भदौमा कुल २८ अर्ब ६८ करोड चार लाख ३७ हजार रुपैयाँ बराबरका सामान निर्यात भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu