काठमाडौ १२ कात्तिक । भारती मानन्धरले दशैँ सकिएसँगै आजबाट पुनः माईतीघर मण्डलामा रिले अनसन शुरु गरेकी छन। श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनसन शुरु गरेकी हुन्। २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।
प्रतिक्रिया दिनुहोस्