ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्ति सेनामा नेपालले गरेको योगदानानुसार सम्मान होस् प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
१२ कार्तिक २०८०, आइतबार   ४ : २१   बजे

काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको विश्व शान्ति मिसनमा नेपाली सेना र प्रहरीले गरेको योगदानानुसारको सम्मान गर्न आग्रह गरेका छन् । आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको शिष्टाचार भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।

चारदिने नेपाल भ्रमणको सिलसिलामा आइतबारै बिहान काठमाडौं आइपुगेका गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।

“उहाँ गुटेरेसले शान्ति सेनामा खटिएका नेपाली सेना र प्रहरीको प्रशंसा गर्नुभयो,” भेटवार्तापछि मिडियासँग प्रधानमन्त्री प्रचण्डले भने, “हामीले गरेको योगदानानुसार फिल्डमा पनि र हेडक्वाटरमा पनि उचित सम्मान होस् भन्ने कुरा हामीले राख्यौँ ।”

परराष्ट्रमन्त्री एनपी साउद र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटेपछि गुटरेसले प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

“सौहार्दपूर्ण वातावरणमा द्विपक्षीय हितका र अहिलेका राष्ट्रिय र अन्तर्राष्ट्रिय हितका विषयमा विश्वासका साथ अहिले हामीले छलफल गर्‍यौँ,” प्रधानमन्त्री प्रचण्डले भने ।

भेटमा विशेष गरी जलवायु परिवर्तनका विषयमा गम्भीर छलफल गरिएको उनले बताए । “जलवायु परिवर्तनका नेपालमा नकारात्मक परिणाम छन् । त्यसलाई कम गर्न अन्तर्राष्ट्रिय समुदाय र मुख्यतय संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँले खेल्नुभएको भूमिकाको प्रशंसा गर्‍यौँ,” उनले भने ।

आउँदा दिनमा राष्ट्रसंघसँग अझ ठूलो सहयोगको अपेक्षा राखिएको समेत उनले बताए । भेटमा नेपालको शान्ति प्रक्रियाका विषयमा पनि छलफल गरिएको थियो ।

“नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा छ, यसलाई टुंगोमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको महासचिवको रूपमा उहाँको भूमिका महत्त्वपूर्ण हुने हामीले कुरा गर्‍यौँ,” उनले भने ।

भेटमा नेपालको आर्थिक विकास र समृद्धिका विषयमा समेत छलफल गरिएको उनले जानकारी गराए । नेपाल अल्प विकसित राष्ट्रबाट ‘अपग्रेड’ हुँदै गर्दा यस प्रक्रियालाई सहज बनाउन सघाउन महासचिवलाई आग्रह गरिएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu