ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुटेरेसको पोखरा भ्रमण, अन्नपूर्ण आधारशिविरको अवलोकन, फिस्टेलमा बास


एबीसी न्यूज
१३ कार्तिक २०८०, सोमबार   १२ : ३१   बजे

काठमाडौं, १३ कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार आज पोखरा आउँदै छन् । उनको भ्रमण तालिका तय भइसकेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार सोमबार महासचिव गुटेरेस पोखरामा नै रहनेछन् । सोमबार उनले पोखराकै फिस्टेल लजमा रात बिताउनेछन् ।

उनी मंगलबार बिहान अन्नपूर्ण आधारशिविर जाने कार्यक्रम छ । गुटेरेसको आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था मजबुत पारिएको प्रजिअ घिमिरेले जानकारी दिए ।

महासचिव गुटेरेस अन्नपूर्ण आधारशिविर जाने कुराले त्यहाँका पर्यटन व्यवसायी पनि हर्षित छन् । आरोहणका दृष्टिले विश्वकै जेठो हिमालका रूपमा चर्चित अन्नपूर्णको आधारशिविरमा राष्ट्रसंघका महासचिव आउन लागेको विषयले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेको छोम्रोङ पर्यटन समितिका सचिव दिलीप गुरुङले बताए ।

स्थानीयले गुटेरेसको स्वागतको भव्य तयारी गरेका छन् । जनप्रतिनिधिलगायत अगुवा सोमबार दिउँसोसम्म सो आधारशिविरमा पुग्ने तयारीमा छन् । अन्नपूर्ण आधारशिविरमा सबै व्यवस्थापनको जिम्मेवारी छोम्रोङ पर्यटन व्यवसायी समितिलाई दिइएको छ ।

गुटेरेस केही समय बेसक्याम्पमा रहनेछन् । स्थानीयसँग भलाकुसारी गर्ने कार्यक्रम छ । उनलाई अन्नपूर्ण बेसक्याम्पको फोटो फ्रेममा हालेर कोसेली स्वरूप दिन लागिएको गुरुङले बताए ।

गुटेरेस त्यहाँबाट पोखराको पुरानो विमानस्थलमा फर्कने र पत्रकार सम्मेलन गर्ने भ्रमण तालिका छ ।

चार वर्षअगाडि ०७६ साल कात्तिकमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखरा भ्रमण गरेका थिए । उनले फेवातालमा डुंगा सयर गरे, रुपाकोट रिसोर्टबाट हिमाल र पोखरालाई हेरे ।

त्यति बेला उनी पोखराको प्राकृतिक सुन्दरतासँग मोहित भएर आफ्नो देश फर्किएका थिए । विदेशी भीभीआईपीका रूपमा बंगलादेशी राष्ट्रपति पोखरा आएको चार वर्षपछि गुटेरेसको भ्रमण हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu