काठमाडौं, १३ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक जीवनमा प्रयोग गरिने सामग्रीमा भेटिने सिसाको विषाक्तताबाट सचेत रहन आग्रह गरेको छ ।
रङरोगन, शृंगारका साधन, रंगीचंगी खेलौना, नुडल्सजस्ता खाद्यान्न र दर्ता नगरिएका आयुर्वेदिक औषधि समेत यसको स्रोत भएको मन्त्रालयले जनाएको छ ।
‘नेपालमा भएका अनुसन्धानहरूमा बालबालिका, प्रजनन समूहका तथा केही आयुर्वेदिक औषधि सेवन गरिरहेका मानिस, सफाइकर्मी तथा रङरोगनको काम गर्ने व्यक्तिहरूका रगतमा सिसा ९लेड०को अत्यधिक मात्रा पाइएको’ मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
सिसाको प्रयोगलाई कम गर्न र यसको विषाक्तताबाट सजग रहन सरकारको सबैमा आग्रह छ ।
प्रतिक्रिया दिनुहोस्