ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको उपस्थितिमा लुम्बिनीमा महासचिव गुटरेसको भ्रमण हुने


एबीसी न्यूज
१३ कार्तिक २०८०, सोमबार   १ : ५२   बजे

काठमाडौं, १३ कात्तिक । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोरियो गुटरेसको लुम्बिनीमा हुने भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुने भएका छन् । प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा शनिबार राति नेपाल आएका गुटरेस मंगलबार बिहान लुम्बिनी आउने भएका हुन् ।

लुम्बिनी विकास कोषले महासचिव गुटरेसको लुम्बिनी भ्रमणको तयारी तीव्र पारेको छ । कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा खेन्पो छिमे को अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले आवश्यक सुरक्षा प्रबन्धबारे छलफल गरेको हो ।

महासचिवको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारको अवसर हुने र आगामी दिनमा लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघको योगदानको खोजी गर्न सकिने उपाध्यक्ष डा लामाले जिकिर गरे उनले महासचिव आउनु नै हाम्रो लागि गौरवको विषय भन्दै भ्रमणले विश्वव्यापी रूपमा बुद्ध र लुम्बिनीको प्रचार हुने दाबी गरे ।

उनले महासचिवलाई बुद्ध जन्मस्थलमा भव्यताका साथ स्वागत गर्ने गरी आफूहरूको तयारी रहेको खुलाएर । स्थानीयले फुल माला लगाइदिने छन् । अन्य आत्मीय स्वागतको सबै तयारी भएको लुम्बिनी विकास कोष प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताई ।

उनले बृहत्तर लुम्बिनीको विकासमा कोरियाली प्रोफेसर क्वाक योंग हुमले तयार गरेको विश्व शान्ति सहरको परिकल्पनामा आधारित गुरुयोजना समेतलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसङ्घको सहयोग र सद्भावका लागि महासचिवको भ्रमण फलदायी हुने उनले बताए ।

यस्तो छ कार्यतालिका

विकास कोषलाई परराष्ट्र मन्त्रालयले पठाएको कार्यतालिका अनुसार मङ्गलवार महासचिव गुटरेसको भ्रमणलाई ऐतिहासिक बनाउने गरी तयारी भइरहेको सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । उनका अनुसार महासचिव गुटरेसलाई लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, उपाध्यक्ष डा।ल्हारक्याल लामा सहित सरकारी उच्चस्तरीय अधिकारीहरूले स्वागत गर्नेछन् ।

महासचिव गुटरेस मङ्गलवार बिहान ८स्३५ मा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने र त्यहाँबाट हेलिकप्टरमा बिहान ८स् ५० बजे लुम्बिनीमा आइपुग्नेछन् । गुटरेसलाई हेलिप्याडबाट गाडीबाट चार नम्बर गेट हुँदै शान्ति दीपमा लगिनेछ ।

कोषका अनुसार गुटरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्ध धर्मका गुरु, भिक्षु भिक्षुणी सहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटेल व्यवसायीहरूले समेत शान्ति दीपदेखि मायादेवी मन्दिरको दुवै तर्फ बसेर स्वागत गर्नेछन् ।

गुटरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्प करणी पोखरी, अशोक स्तम्भहरूको निरीक्षणपछि पिपलको रुख मुनी छोटोमा स्वागत गर्ने कार्यक्रम राखिएको छ ।

लुम्बिनीमा डेढ घण्टा बिताएपछि १०स् ३० बजे काठमाडौँ फर्कने गरी कार्यक्रम तालिका बनेको छ ।

कोषका तर्फबाट गुटरेसलाई मायाको चिनो र अतिथि पुस्तकमा हस्ताक्षरपछि मिडियासँग महासचिव गुटरेसले बिफ्रिङ गर्ने कार्यक्रम तय गरिएको कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए । नेपालीसेनाले सुरक्षाको प्रबन्ध गरेको छ ।

उनले भ्रमण लुम्बिनीका लागि अवसर र गौरव भएकाले सबैको सहयोग आवश्यक रहेको बताए । यस अघि कोषले स्थानीय नगरपालिका सहित सरोकारवालाहरूसँग तयारी बैठक गरेर भ्रमणलाई ऐतिहासिक बनाउनेबारे छलफल गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group