ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

द्वन्द्व पीडितको राष्ट्रसंघ महासचिवलाई संयुक्त पत्र सरकारले भेट्न दिएन, हामीलाई भेटेर पीडा सुनिदिनुस्


एबीसी न्यूज
१३ कार्तिक २०८०, सोमबार   २ : ४१   बजे

काठमाडौं, १३ कात्तिक । सशस्त्र द्वन्द्व पीडितका पाँचवटा संघरसंगठनले नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटका लागि समय माग गरेका छन् ।

चार दिने नेपाल भ्रमणमा रहेका गुटेरेसले भ्रमणका क्रममा नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषयलाई एजेण्डा बनाएकोमा खुशी व्यक्त गर्दै उनीहरुले वास्तविक पीडित आफूहरुसँग भेटेर पीडा सुनिदिन महासचिव गुटेरेसलाई आग्रह गरेका हुन् ।

बेपत्ता परिवार समाजका अध्यक्ष रुपेश शाह, द्वन्द्व पीडित असाहय राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र केसी, द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालकी अध्यक्ष सृजना सिंह, द्वन्द्व पीडित राष्ट्रिय संघका अध्यक्ष गोपाल शाह र द्वन्द्व पीडित साझा मञ्चका कार्यवाहक अध्यक्ष कल्याण बुढाथोकीले आज महासचिव गुटेरेसलाई आफूहरुसँग भेट गर्न संयुक्त रुपमा आग्रह गरेका हुन् ।

महासचिव गुटेरेसले नेपालको संक्रमणकालीन न्यायलाई अन्तर्राष्ट्रिय मानवता, नेपालको न्यायालय र पीडितहरुको हितका आधारमा टुंग्याउनुपर्ने विषयमा सार्वजनिक चासो राखेकोमा उनीहरुले खुशी व्यक्त गरेका छन् ।

तर महासचिवको भ्रमणमा आफूहरु प्राथमिकतामा नपरेकोमा उनीहरुले दुःख पोखेका छन् । ‘नेपालको दशक लामो द्वन्द्वका हामी पीडितहरु यहाँको भ्रमणको प्राथमिकतामा नपर्नुले हामीलाई दुःख लागेको छ’, महासचिव गुटेरेसलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ ।

उनीहरुले गुटेरेस जानुअघि आफूहरुसँग भेटिदिन आग्रह गरेका छन् । ‘नोभेम्बर १ सम्म यहाँको प्रस्थान समय अगाडि प्रतिनिधिमुलक रुपमा हामी पीडितहरुसँग भेटेर हामी हाम्रो सामूहिक पीडा, संक्रमणकालीन न्याय प्रक्रियाका अनुभूति, त्यसका लागि आफ्ना सुझावहरु बाँड्न चाहन्छौं’, उनीहरुले महासचिवलाई आग्रह गरेका छन् ।

उनीहरुले नेपालमा संक्रमणकालीन न्यायको विषय टुंग्याउन तत्कालै ऐन बनाइ सबैलाई न्याय हुने प्रक्रिया अवलम्बन गर्नुपर्ने विषय पनि उठाएका छन् ।

‘जबकी हाम्रो आफ्नै सरकार समेत तपाईंसँग भेट गराउन उत्सुक छैन, हामी आशा गर्छौं कि हामी पीडितहरुसँग भेटका लागि गरिएको यो अनुरोधलाई यहाँले सकारात्मक ढंगले लिनुहुनेछ’, पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu