ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच भेटवार्ता


abc tv
१४ कार्तिक २०८०, मंगलबार   १० : ०७   बजे

काठमाडौं । अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र सयुक्त राज्य अमेरिकाका विदेश मन्त्री एन्टोनी जे ब्लिन्केनबीच भेटवार्ता भएको छ।

गएराती वासिङ्टनडिसीमा भएको भेटवार्तामा दुई पक्षीय सम्बन्ध, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा कुराकानी भएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ।

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले नेपालको विकासका लागि व्यापार तथा लगानी, कृषि, खाद्य सुरक्षा, प्रविधिको विकास तथा विस्तारका बारेमा कुरा राखेका थिए। मन्त्री साउदले नेपालको व्यापार विकासका लागि सहयोग गर्न पनि समकक्षी ब्लिन्केनसँग आग्रह गरेका थिए।

भेटका क्रममा मन्त्री साउदले नेपालको आर्थिक र सामाजिक विकासका लागि अमेरिकी सरकारले गरेको सहयोगकाप्रति आभार व्यक्त गर्दै थप सहयोगका लागि आग्रह गरेका थिए।

एमसीसी अन्तर्गतका परियोजना कार्यान्यवनका लागि दुवै पक्षले प्रतिवद्धता समेत व्यक्त गरेको विज्ञप्तीमा उल्लेख छ।

मन्त्री ब्लिन्केनले लोकतान्त्रिक शासन मजवुद बनाउन नेपालले महत्वपूर्ण भूमिका खेलेको बताउँदै नेपाललाई समृद्ध लोकतान्त्रिक मुलुकका रूपमा देख्न चाहेको बताएका थिए।

उनले नेपालको समग्र विकासका लागि सहयोग गर्न अमेरिका सदैब तयार रहेको पनि बताएका थिए।

भेटघाटका क्रममा उनले ब्लिन्केनलाई नेपाल भ्रमणका निमित्त औपचारिक निम्तो पनि दिएका छन्।

सन् २०१८ पछि पहिलो पटक नेपाली परराष्ट्र मन्त्रीले अमेरिकाको औपचारिक भ्रमण गरेका हुन्। उनी अमेरिकी समकक्षी ब्लिन्केनको निम्तोमा १२ गते अमेरिका प्रस्थान गरेका थिए।

सन् २०१८ को डिसेम्बरमा अमेरिका भ्रमण गरेका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समकक्षी माइक पम्पेओलाई भेटेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

३० दिनभित्र सरकारी सेवा सुधार्ने सरकारको योजना : प्रतीक्षालयदेखि टोकन प्रणालीसम्म तत्काल सुधारको लक्ष्य

रास्वपा पदाधिकारीमा संस्थापन पक्षका ६ जना मनोनीत, बालेन पक्षबाट नाम आउन बाँकी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Draft Officer Fatally Stabbed Amid Ukraine Mobilization Tensions

USS Abraham Lincoln Concludes Record-Breaking, Troubled Nine-Month Deployment

Stars and Stripes Editor Fired Amid Concerns Over Editorial Independence

Myanmar Military Strike Kills At Least 14 at Buddhist Monastery

China Issues Blue Alert as Typhoon Koinu Forms in South China Sea

बाढीपहिरोभन्दा घातक बन्दै सर्पदंश : तीन महिनामै ६६ जनाको मृत्यु, गाउँघरमा फैलिँदै ‘मौन विपत्ति’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu