ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकवर्षमा ३ अर्बको बिक्री गर्ने लक्ष्य सहित फ्रेन्चफ्राई उद्योग नेपालमै सञ्चालन


एबीसी न्यूज
१४ कार्तिक २०८०, मंगलबार   १ : २२   बजे

काठमाडौं, १४ कात्तिक । विदेशबाट आयातित हुने फ्रेन्चफ्राई नेपालमै उत्पादन सुरु भएको छ। फस्ट च्वाइस फुड्सद्वारा डेढ अर्बको लागतमा स्थापित उद्योगले परीक्षण उत्पादन थालेको छ।

नेपालमा भारत, बेल्जियम लगायतका देशबाट वार्षिक ६ अर्ब बढीको फ्रेन्चफ्राई भित्रने गरेको छ। भारतबाट अनौपचारिक रुपमा समेत फ्रेन्चफ्राई आयत भएको छ। वार्षिक ५ अर्बको फ्रेन्चफ्राई उत्पादन गर्ने लक्ष्य राखेको उद्योग माघबाट पूर्ण क्षमतामा सञ्चालन आउने भएको हो।

‘पुस अन्तिम माघबाट उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन्छ,’ फस्ट च्वाइस फुड्सका अध्यक्ष कृष्ण पौडेलले भने, ‘सुरुको वर्षमा कम्तीमा ३–४ सय करोडको उत्पादन बिक्रीको लक्ष्य लिएका छौं।’

पौडेलले भारतको एक फ्रेन्चफ्राई कम्पनीको आधिकारिक बिक्रेताको अनुभव लिएपछि आयात प्रतिस्थापन गर्ने उद्देश्यले नेपालमै उद्योग खोल्ने सोच बनाएका हुन्।

रुपन्देहीको फर्साटिकरमा उद्योग स्थापना गरी उत्पादन थालिएको छ।

गुल्मीका पौडेल बुटवलमा क्वालिटी मिटसपबाट व्यवसाय सुरु गरेका थिए। २०६४ मा मासु पसललाई विस्तार गर्दै मासु प्रशोधन उद्योग बनाए। उक्त उद्योगको उत्पादन काठमाडौंसहित प्रमुख सहरमा खपत भैरहेको छ।

‘नन भेज’ उद्योगमा सफलता हासिल गरेका पौडेलले साथीहरूसँग मिलेर ‘भेज’ उद्योग सञ्चालनमा ल्याएका हुन्। उद्योगका लागि चाहिने आलु उत्पादनमा राज्यबाट सहयोग नभएको उनको गुनासो छ।

‘आलुको बीउ भ्यिाउनेदेखि उत्पादन गर्नसम्म राज्यको सहयोग छैन,’ पौडेल भन्छन्, ‘विदेशबाट आयात हुने रकम प्रतिस्थापन गर्ने उद्देश्य हो।’

उद्योग निर्माण सुरु गरेको ३ वर्ष भैसकेको छ। परीक्षणको रुपमा उत्पादन भैरहेको उद्योगमा सडकको पहुँच, विद्युत्को नियमित आपूर्तिको समेत समस्या रहेको उनी बताउँछन्। सडक र विद्युत्का तार, पोल आफैँ राख्नु परेको उनले सुनाए।

‘नेपालले विद्युत् बाहिर पठाएको छ तर हामी उद्योगीलाई नियमित विद्युत् छैन,’ उनले भने, ‘एकपटक झ्याप्प विद्युत जाँदा २–३ लाख घाटा हुन्छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu