ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुगु हत्याकाण्ड ६ दिनसम्म आरोपी पक्राउ नपरेपछि सीआईबीको चासो


एबीसी न्यूज
१४ कार्तिक २०८०, मंगलबार   ३ : ४२   बजे

काठमाडौं, १४ कात्तिक । मुगुको छायानाथ रारा नगरपालिका–६, मन्दुका एकै परिवारका चारजनाको हत्या प्रकरणमा प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरो सीआईबीले चासो दिएको छ ।

मुन्दुका दीपक बोहराकी श्रीमती २८ वर्षीया श्रीदेवी, ११ वर्षीय छोरा मनोज, नौ वर्षीया छोरी अप्सरा र आठ महिने छोरा रहरको शव १० कात्तिकमा फेला परेको थियो ।

उनीहरुको शव फेला परेको करिब एक हप्ता बित्न लाग्दासमेत आरोपी पक्राउ नपरेपछि सीआईबीलेसमेत चासो दिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरुको ८ कात्तिकमै हत्या भएको खुलेको छ ।

सीआईबीका एसएसपी दिनेश आचार्यका अनुसार घटनाको विषयमा अन्तरिक सूचना संकलनको काम भइरहेको छ ।

“हामीलाई अहिलेसम्म मुगु जाने भनेर निर्देशन भएको छैन । तर, हामीले आफ्नो हिसाबले घटनाबारे बुझ्ने काम गरिरहेका छौँ । आवश्यक परे जान हामी तयारी अवस्थामा छौँ,” एसएसपी आचार्यले भने ।

प्रहरीको अनुसन्धानले उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरेको खुलाएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार अनुसन्धान अझै जारी छ ।

केही शंकास्पद व्यक्तिलाई भने नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले मृतक श्रीदेवीले लगाएको गरगहनासमेत नभेटिएपछि हत्या लुटपाटको उद्देश्यले गरेको आशंका गरेको छ । श्रीदेवीले चलाउँदै आएको मोबाइल फोन समेत ‘हत्यारा’ले लिएको प्रहरीले दाबी गरेको छ ।

श्रीदेवी छोराछोरीसहित कात्तिक ७ गते बडादसैँको टीका थाप्न छायानाथ रारा–६, कोटिल्लास्थित माइतीघर पुगेकी थिइन् । उनीहरू दसैँको दिन टीका लगाएर त्यहीँ बसे । कात्तिक ८ गते आफ्नो घर फर्किएका थिए । सोही राति उनीहरुको हत्या भएको हो ।

उनीहरुको हत्यापछि मृतकको मोबाइलबाट श्रीमान दिपकको म्यासेन्जरमा फोटो पठाइएको खुलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group