ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्तान लाखापाखा लागेपछि उदास वृद्धवृद्धा


एबीसी न्यूज
१५ कार्तिक २०८०, बुधबार   १ : १५   बजे

काठमाडौ १५ कात्तिक । पचासी वर्ष पार गर्नुभएका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका मनबहादुर घिमिरे दसैँका पाँच दिन छोराबुहारी र नातिनातिनीसँगै रमाएर बसे ।पोखरामा बसोबास गर्ने छोराबुहारी दसैँपछि पोखरा हिँडेपछि अहिले उनी अहिले घरमा एक्लो छन ।

श्रीमतीको मृत्युपछि एक्लै रहँदै आउनुभएका घिमिरेलाई खान लाउन र खर्च गर्न कुनै कुराको कमी छैन । पोखरामा बस्ने छोराबुहारीले पनि कुनै कुराको कमी हुन दिएका छैनन् । एउटै मात्र कमी भनेको आफ्ना सन्तान आफूसँग नहुनुको पीडा हो । छोराबुहारीले घिमिरेलाई आफूसँगै पोखरामै बस्न निकै कर गरे पनि उनी आफ्नो थाँतथलो छोडेर पोखरा बस्न मानेन्न।
सोही गाउँका ८६ वर्षीय खड्गबहादुर घिमिरे, ८८ वर्षीय बेदप्रसाद उपाध्याय, ९९ वर्षीय खड्गबहादुर थापा र ७९ वर्षीय टेकबहादुर कार्कीको पनि त्यस्तै अवस्था छ।

उनीहरुका सन्तान कोही वैदेशिक रोजगारीमा हुनुहुन्छ भने कसैले जवान छोरो गुमाउनुपर्दाको पीडा बोकेर बाँचिरहेका छन । चारवर्ष अघि आफ्नो ३६ वर्षीय छोराको कोरोनाका कारण मृत्यु भएपछि बेदप्रसाद एकोहोरिएका नछ । बेनी बजारमा व्यापार व्यवसाय गरेर बस्ने छोराको अचानक मृत्यु भयो । माइलो छोरा पाँच वर्षदेखि सम्पर्कविहीन छन् । वैदेशिक रोजगारीका लागि पाँच वर्षअघि युएईमा गएका विदुर न फोन गर्छन् न घर नै आउँछन् ।

उनका श्रीमती र छोरा छन् । श्रीमती माइतीमा बसेकी छन् । माथिका यी प्रतिनिधिपात्र मात्र हुन् । अहिले गाउँका वृद्धवृद्धाको काल पर्खने र दिन कटाउने ठाउँ आफ्नै थातथलो बनेको छ । गाउँ वृद्धाआश्रममा परिणत हुँदै जान थालेको मालिका गाउँपालिका–६ का टेकबहादुर सिउथानी मगरले बताए। दसैँ मनाउनका लागि विदेश र सहरबाट गाउँमा आएका युवा आ–आफ्नो कार्यक्षेत्रमा फर्किन थालेपछि गाउँघर सुनसान हुन थालेको उनको गुनासो थियोे ।

वृद्धवृद्धा गाउँ कुरुवा

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसबाङमा २६ घर परिवारको बसोबास छ । ती २६ घरमा एक सय नौ जना छन् । तीमध्ये युवाको सङ्ख्या ११ छ भने अरु सबै वृद्धवृद्धा र विद्यालय उमेरका बालबालिका छन् । बेनी नगरपालिका–२ बगरफाँटमा एक सय ६९ घर छ । सदरमुकाम बेनी बजारसँगै जोडिएको बगरफाँट गाउँमा विकासका पूर्वाधार र अवसरको कुनै कमी छैन ।

यहाँ व्यापार व्यवसायदेखि कृषि, पशुपालन तथा स्वरोजगारका प्रशस्तै सम्भावनाहरु रहेका छन् तर यहाँका अनेकौंँ सम्भावनाप्रति स्थानीय युवाको कुनै रुचि छैन । यहाँका युवा अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडालगायत मुलुकमा पुगेका छन् । त्यसैगरी वैदेशिक रोजगारीका लागि साउदीअरब, कतार, युएईलगायत मुलुकमा पनि प्रशस्तै युवा छन् । रहेबचेका युवा कोही सहरतिर छन् । दसैंँ मनाउन जापानबाट पाँच युवा गाउँ आउँदा गाउँको रौनक नै बेग्लै भएको स्थानीयवासी सुनिल थापाले बताए।नौ वर्ष जापान बसेर गाउँ फर्किनुभएका उहाँ अहिले गाउँमा नै व्यवसाय गरेर बसेका छन ।

थापालगायत १२ जना युवा मात्रै अहिले गाउँमा छन् । तीमध्ये पनि सात युवा वैदेशिक रोजगारीका लागि विदेश जाने तारतम्य मिलाउँदै गरेका उनले बताए।गाउँमा ६० वर्षदेखि ९९ वर्षसम्मका वृद्धवृद्धाको सङ्ख्या दुई सयभन्दा बढी छ । महिला र विद्यालय जाने उमेरका बालबालिका घरमा छन् । युवाको सङ्ख्या अत्यन्तै न्यून रहेको अर्का स्थनीयवासी टेकबहादुर कार्कीले बताए । “गाउँ वृद्धाश्रम जस्तो देखिन्छ, बुढाबुढी बाहेक अरु गाउँमा देखिदैनन्” उनले भने “मर्दापर्दा र बिमार हुँदा खबर गर्ने मान्छे गाउँमा छैनन् ।

सुविधा भएर पनि गाउँका युवा विदेशमा

विसं २०६० मा तत्कालिन नेकपा माओवादीले म्याग्दीको सदरमुकाम बेनी आक्रमण गरेपछि यहाँको भौतिक विकासमा पनि परिवर्तन आयो । त्यसअघि लाहुरेहरुको जिल्ला भनेर मात्र चिनिने म्याग्दीको परिचय पनि फराकिलो बन्दै गयो । विकासका पूर्वाधार ठडिन थाले । सडक र संचारको विकासले सहरको सुविधा र अवसर गाउँ गाउँमा पुगेपनि यहाँका युवाहरुका लागि विदेशिने बहाना बनिरहयोे ।

विसं २०७८ मा गरिएको जनगणनाअनुसार जिल्लामा जम्मा परिवार सङ्ख्या २८ हजार आठ सय ३० रहेकामा कूल जनसङ्ख्या एक साख सात हजार ३३ रहेको छ । २०६८ को जनगणनाअनुसार जिल्लाको कूल परिवार सङ्ख्या २७ हजार सात सय ६२ रहेकामा त्यतिबेला कूल जनसङ्ख्या एक लाख १३ हजार ६ सय ४१ रहेको थियो । २०७८ को जनगणनाअनुसार परिवार सङ्ख्या बढेको भए पनि जनसङ्ख्या भने घटेको छ ।

पछिल्लो जनगणनाको नतिजाअनुसार जिल्लामा पुरुषको जनसङ्ख्या ५२ हजार एक सय ५३ रहेको छ भने महिलाको ५४ हजार आठ सय ८० रहेको छ । यसैगरी परिवारको औषत आकार तीन दशमलव ७१ प्रतिशत रहेको छ भने लैङ्गिक अनुपात एकसय महिलामा पुरुषको सङ्ख्या ९५ दशमलव ०३ प्रतिशत रहेको छ । त्यस्तै जनघनत्व प्रतिवर्ग किलोमिटर ४७ जनाको बसोबास रहेको छ ।

वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहेकोमा माइनस शून्य दशमलव ५७ प्रतिशत रहेको जिल्लास्थित तथ्याङ्क कार्यालयले जनाएको छ । जनगणनामा अनुपस्थित ९विदेशमा बस्ने० जनसङ्ख्यातर्फ कूल परिवार सङ्ख्यामध्ये आठ हजार तीन सय २० रहेकामा जनसङ्ख्या भने १० हजार सात सय ६६ जना रहेको तथ्याङ्कले देखाएको छ । यसमध्ये पुरुष आठ हजार नौ सय ६१ र महिला एक हजार आठ सय पाँच रहेकामा कूल जनसङ्ख्याको शून्य दशमलव ४९ प्रतिशत विदेशमा रहेको तथ्याङ्क छ ।

अहिले गाउँमा कपाल सेताम्य फूलेका बुढा बाआमा मात्र भेटिन्छन् । कति लौरी टेक्दै खेतबारी र गोठमा काम गर्दै गरेका त कति रोगी शरीर लिएर घरको पेटी र आगँनमा हेरचाह गर्ने, स्याहारसुसार गर्ने छोराछोरीको हातको न्यानो स्पर्श पर्खिरहेका छन् । अधिकाशंको काठमाडौँ, चितवन, पोखरा र बेनी बजारमा घर छ । पुराना मानिसमा बुढ्यौली लागे पनि आँफू जन्मे हुर्केका थाँतथलो छोड्न तयार छैनन् । बरु उनीहरु सन्तानको भावी जीवनका लागि आँफ्ना बुढेसकालका पीर र व्यथा लुकाउन चाहन्छन् । गाउँहरु वृद्धाआश्रम जस्तै बन्दै गएपछि संस्कार,संस्कृति र परम्परा पनि हराउँदै जान थालेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group