ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसैवर्ष १९ सचिव र ६४ सहसचिवसहित २२ सय ६० जना कर्मचारीले अवकाश पाउने


एबीसी न्यूज
१७ कार्तिक २०८०, शुक्रबार   १ : २४   बजे

काठमाडौं, कात्तिक १७ ।  चालु आर्थिक वर्ष २०८०÷८१ मा सरकारी निकायमा कार्यरत २ हजार २६० जना सरकारी निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । तिनीहरु उमेर हद र सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका र जान लागेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखानाले जनाएको छ ।

यसमा निजामती सेवाभन्दा अन्य सरकारी सेवाबाट अवकाश पाउने कर्मचारीको संख्या जोडिएको छैन ।

यस वर्ष अवकाश पाउनेमध्ये केही विदा भइसकेका छन् भने ठूलो संख्यामा विदा हुन बाँकी छन् । “अवकाश पाउने मितिभन्दा ६ महिना अगावै हामी सम्बन्धित कर्मचारीलाई जानकारी दिन्छौं,” राष्ट्रिय किताबखानाका निर्देशक प्रकाशजंग कार्कीलेकार्कीले भने ।

चालु आर्थिक वर्ष विशिष्ट श्रेणी सचिवस्तर०का १९ जना कर्मचारीले अवकाश पाउने छन् । तीमध्ये असोजसम्म ६ जना उमेर हद र सेवा अवधिका विदा भइसकेका छन् । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर पनि अवकाशमा जाँदैछन् ।

चालु आर्थिक वर्षभित्र अवकाश पाउने विशिष्ट श्रेणीका कर्मचारीमा परराष्ट्र सचिव भरतराज पौड्याल, महालेखापरीक्षकको कार्यालयका उप–महालेखा परीक्षक महेश्वर काफ्ले, महान्यायाधिवत्ताको कार्यालयका नायब महान्यायाधिवक्ता विश्वराज कोइराला, जल तथा उर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारी छन् ।

त्यसरी नै उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाई, निर्वाचन आयोगका सचिव सूर्यप्रसाद गौतम, सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थी छन् ।

किताबखानाका अनुसार, चालु आर्थिक वर्षमा राजपत्रांकित प्रथम श्रेणी सहसचिवका ६४ जना कर्मचारीले अवकाश पाउनेछन् । राजपत्रांकित द्वितीय श्रेणी उपसचिव तहका १८१ जना पनि यसवर्ष अवकाश पाउने सूचीमा छन् ।

राजपत्रांकित तृतीय श्रेणी इन्जिनियररकम्प्युटर अधिकृतर कर अधिकृत तहका २३५ जना कर्मचारीले २०८१ असार मसान्त भित्र अवकाश पाउने छन् ।

किताबखानाका अनुसार, चालु आर्थिक वर्ष अधिकृत एघारौं तहका ४, अधिकृत दशौं तहका ७, दशौं तहका ३२, नवौं तहका १९, अधिकृत आठौं तहका ४, आठौं तहका ९२, अधिकृत सातौं तहका २१, अधिकृत छैटौं तहका ६८, छैटौं तहका १७८, पाँचौं तहका १५३ र चौंथो तहका ८ जना कर्मचारीलाई अवकाश पाउँदै छन् ।

यस्तै, राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा तहका २१२, राजपत्र अनंकित द्वितीय श्रेणी खरिदारका ८५, राजपत्र अनंकित तृतीय श्रेणीका १४, राजपत्र अनंकित चतुर्थ श्रेणीका ६, राजपत्र अनंकित पाँचौ श्रेणी कार्यालय सहयोगीका ५२, श्रेणीबिहीनकार्यालय सहयोगी, परिचर, पियन, कल्कारा, हलुका सवारी चालक, हुलाकी ७३७, सहायक चौंथो २ र सहायक पाँचौं तह अनमी, अहेव० का ३६ जना कर्मचारीले पनि यसवर्ष अवकाश पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group