ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूली–३ ‘बी’ मा उद्धार तीव्र, चारवटा प्वाल बनाएर सुरुङभित्र पस्ने तयारी


ABC NEWS
१४ भदौ २०८३, आइतबार   २ : ३५   बजे

काठमाडौँ। भदौ १० गते आएको विनाशकारी बाढीपछि १ सय २२ जना सम्पर्कविहीन रहेको त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा उद्धार कार्य जारी छ ।

उद्धारमा संलग्न अधिकारीहरूका अनुसार सुरुङको फ्रन्ट फेसमा ड्रिलिङ गरी हालसम्म चारवटा प्वाल बनाइएको छ । प्राप्त प्रगतिका आधारमा अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार अघि बढाउने तयारी भइरहेको छ ।

उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन आवश्यक प्राविधिक तयारी तथा सम्बन्धित निकायबीच समन्वय जारी रहेको सरकारले जनाएको छ ।

यसैबीच, भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरूबाट हालसम्म ३ सय ६१ जनाको जीवितै उद्धार भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ ।

इप्पानका अनुसार २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजनाबाट २ सय ५४ जना, २० मेगावाटको लाङटाङ आयोजनाबाट १८ जना र ३७ मेगावाटको त्रिशूली–३ ‘बी’ आयोजनाबाट ९१ जनाको उद्धार गरिएको छ ।

तर, रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित ११ वटा जलविद्युत् आयोजनाबाट अझै ८ सय ९८ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ ।

रसुवाको माथिल्लो त्रिशूली–१ आयोजनामा सबैभन्दा धेरै ५ सय ७६ जना सम्पर्कविहीन छन् । त्यस्तै रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना, रसुवा–भोटेकोसीबाट चार जना, लाङटाङ खोलाबाट ४२ जना, चिलिमेबाट आठ जना र मेलुङ खोलाबाट सात जना सम्पर्कविहीन रहेको जनाइएको छ ।

नुवाकोटका त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाबाट एक–एक जना तथा मिडल त्रिशूली गंगाबाट दुई जना सम्पर्कविहीन छन् ।

यसैगरी, माथिल्लो त्रिशूली–३ ‘ए’ मा ४२ जना र त्रिशूली–३ ‘बी’ मा १ सय २२ जना बाढीपछि सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ ।

उद्धार टोलीले सुरुङभित्र फसेकाहरूको खोजीलाई प्राथमिकतामा राख्दै ड्रिलिङ तथा अन्य प्राविधिक माध्यमबाट पहुँच स्थापित गर्ने प्रयासलाई निरन्तरता दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली-३ ‘ए’मा प्वालमार्फत पठाउन थालियो अक्सिजन

त्रिशूली–३ ‘बी’ आयोजनामा २०१ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

त्रिशूली-३ ‘ए’मा प्वालमार्फत पठाउन थालियो अक्सिजन

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ सम्पर्कविहीन

बाढीपछि स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै नवलपुरमा सातबुँदे निर्देशन

नारायणी र राप्तीको दोभानमा सेनाको खोजी जारी, ७० शव फेला

त्रिशूली–३ ‘बी’ आयोजनामा २०१ जना सम्पर्कविहीन

सप्तकोसीमा पानीको बहाव बढेपछि नदी किनारका बस्तीमा सतर्कता, प्रहरीले गर्‍यो माइकिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu