नवलपरासी, २८ माघ । बुटवलमा रहेको प्रदेशस्तरीय दंगा नियन्त्रण प्रहरी गणको कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवलमा स्थानान्तरण भएको छ ।
रुपन्देहीको धागो कारखाना परिसरमा भाडामा रहेको दंगा प्रहरीको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल–३ कीर्तिपुरमा हालैमात्र १० बिघा क्षेत्रफल जग्गामा कार्यालय तथा आवासीय भवन निर्माण गरी स्थानान्तरण भएको हो ।
दंगा नियन्त्रण प्रहरी गणको भवन निर्माणपछि अब सो स्थानमा ६०० प्रहरी दरबन्दीमा रहने भएका छन् । उक्त स्थानमा कार्यालय भवन, क्वाटर गार्ड, ब्यारेक भवन, मेस भवन, ट्रेड शप, प्रहरी उपरीक्षक निवास भवन तयार भइसकेका छन् भने अन्य केही आवश्यक भवन पनि निर्माणाधीन अवस्थामा छन् ।
विसं २०७१ बाट करिव रु सात करोड पाँच लाखको लागतमा निर्माण थालिएको थियो ।
प्रतिक्रिया दिनुहोस्