ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाललाई सी, मोदी र पुटिनको शोक सन्देश–भूकम्पको खबरले स्तब्ध छौँ, सहयोग गर्न तत्पर छौँ


एबीसी न्यूज
१९ कार्तिक २०८०, आइतबार   ९ : ३३   बजे

काठमाडौं, १९ कातिक । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो मात्रामा जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै नेपाललाई छिमेकी मुलुकसहित विभिन्न देशले शोक सन्देश पठाउने क्रम जारी छ। शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने सैयौँ संख्यामा घाइते भएका छन्। करोडौँ बराबरको भौतिक संरचना क्षति भएका छन्।

सोप्रति दुःख व्यक्त गर्दै चीन राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई शोक सन्देश पठाएका छन्। सीले आफ्नो सन्देशमा भनेका छन्, ‘नेपालको कर्णाली प्रदेशमा गएको भूकम्पका कारण ठूलो मात्रामा भएको मानवीय तथा भौतिक क्षति भएको सुनेर स्तब्ध भएको छु।’राष्ट्रपति सीले अगाडि भनेका छन्, ‘भूकम्पबाट पीडित नागरिकका समस्या हल गर्न तथा क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न नेपाल चाँडै सफल हुनेछ। र, नेपाललाई आवश्यक सहयोग गर्न चीन तयार छ।’ शोक सन्देमा चिनियाँ राष्ट्रपति सीले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्। यस्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि नेपालाई सहानुभूति सन्देश पठाएका छन्।

राष्ट्रपति पुटिनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सन्देश पठाउँदै यस दुःखद घडीमा गहिरो समवेदना व्यक्त गरेका छन्। उनले पीडित परिवार र प्रभावित क्षेत्रका बासिन्दाका लागि सहानुभूति प्रकट गर्दै उनीहरूको यो पीडाको घडीमा आफूहरूको साथ रहने वाचा पनि गरेका छन्।

उनले यस प्राकृतिक विपद्‍बाट प्रभावित सबैजना घाइतेहरूको पनि शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्। यसैगरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्चालमार्फत भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्। साथै प्रधानमन्त्री मोदीले भारत नेपाली जनतासँग ऐक्यबद्ध रहेको उल्लेख गर्दै सम्भव भएसम्मका सहयोग गर्न तयार रहेको पनि जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group