ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोट भूकम्प तीन हजार ७७० घरमा क्षति


एबीसी न्यूज
१९ कार्तिक २०८०, आइतबार   १ : ३१   बजे

काठमाडौं, १९ कात्तिक । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको ६।४ म्याग्निच्युडको भूकम्पले तीन हजार ७७० भन्दा बढी घरमा क्षति गरेको छ ।

गृह मन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार भूकम्पले जाजरकोट, रुकुम पूर्व, सल्यान, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, प्युठान लगायतका जिल्लाका घरमा क्षति गरेको हो ।

भूकम्पले ९३२ घरमा पूर्ण र दुई हजार ८३८ घरमा आंशिक क्षति गरेको छ । भूकम्पले रुकुम पश्चिम जिल्लामा पनि ठूलो क्षति गरेको भए पनि त्यहाँ के कति घरमा क्षति गरेको छ त्यसको विवरण यहाँ जोडिएको छैन ।रुकुम पश्चिममा क्षति भएका घरको विवरण संकलन गर्ने कार्य भइरहेको शाखाले जनाएको छ ।

शाखाका अनुसार जाजरकोटमा दुई हजार ६८५ घरमा आंशिक र ९०५ घरमा पूर्ण क्षति गरेको छ । भूकम्पले रुकुम पूर्वको १९, सल्यानको ९७, दाङको ६, प्युठानको २९ र नवलपरासी पूर्व र दैलेखका एकरएक घरमा आंक्षिक क्षति गरेको छ ।

यस्तै, भूकम्पले सल्यानको २५, दैलेखको एक र बैतडीको एक घरमा पूर्ण क्षति गरेको छ ।

१५७ जनाको मृत्यु, २५६ जना घाइते
शाखाको विवरणअनुसार हालसम्म भूकम्पपछि संरचना भत्किँदा १५७ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन् ।

भूकम्पका कारण जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

भूकम्पले संरचना भत्काउँदा जाजरकोटमा ११२, रुकुम पश्चिममा १३२, सल्यानमा दुई, रोल्पामा एक, दैलेखमा तीन, बैतडीमा तीन र जुम्लामा तीनजना घाइते भएका छन् ।

खोज तथा उद्धार
भूकम्पपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा एक हजार ५६० जना सुरक्षाकर्मी परिचालन गरिएको शाखाले जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा सशस्त्र प्रहरी वलका ४८५, नेपाल प्रहरीका ८७४ र नेपाली सेनाका २०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । सबै सुरक्षाकर्मी जाजरकोट र रुकुम पश्चिममा परिचालन गरिएको छ ।

राहत सामाग्री वितरण
विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा केही राहत सामाग्री वितरण गरिएको छ ।

हालसम्म जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा ६०० थान त्रिपाल, १०० थान स्लिपिङ ब्याग र २०० थान ब्ल्याङ्केट वितरण गरिएको छ ।

जाजरकोटमा त्रिपाल ५०० थान, ५० थान स्लिपिङ ब्याग र १०० थान ब्ल्याङ्केट पीडितहरूलाई प्रदान गरिएको छ ।

यस्तै, रुकुम पश्चिममा १०० थान त्रिपाल, ५० थान स्लिपिङ ब्याग र १०० थान ब्ल्याङ्केट वितरण गरिएको छ ।

मेडिकल टिम
भूकम्प प्रभावित विभिन्न क्षेत्रमा २२ जनाको मेडिकल टिम पठाइएको शाखाले जनाउको छ ।

सशस्त्र प्रहरी बल नेपालको आठजना, नेपाली सेनाको तीनजना, वीर अस्पतालबाट सातजना र रुकुम पूर्वबाट चारजनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शान्ति सम्झौताको २० वर्षपछि पनि बेपत्ता परिवार न्यायको प्रतीक्षामा

राहत वितरणका विषयमा गल्छीका वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu