ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ६: सभामुखमा शाहीको एक्लो उम्मेदवारी


admin
२८ माघ २०७४, आइतबार   ३ : ०७   बजे

सुर्खेत, २८ माघ।  प्रदेश नं ६ का सभामुखमा नेकपा(एमाले)का प्रदेशसभा सदस्य राजबहादुर शाहीको एक्लो उम्मेदवारी परेको छ ।

प्रदेश नं ६ प्रदेशसभा संसद् सचिवालयले आज अपराह्न २ बजेसम्म उम्मेदवारी दिने समय तोकेकामा शाहीको मात्र उम्मेदवारी परेको प्रदेशसभा संसद् सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

प्रदेश नं ६ प्रदेशसभा सभामुखमा शाहीको एक्लो उम्मेदवारी परे पनि उहाँको उम्मेदवारी सोमबार अपराह्न १ बजे बस्ने प्रदेशसभा संसद्को बैठकमा निर्णयार्थ पेश हुने निर्वाचन अधिकृत तथा ६ नं प्रदेशसभा संसद् सचिवालयका सचिव खड्काले बताउनुभयो ।

सभामुखको उम्मेदवारीका बारेमा आजै दावी विरोधको समय तोकिएको संसद् सचिवालयले जनाएको छ । वाम गठबन्धनका तर्फबाट एमालेबाट प्रस्तावित दैलेख २ (क) का सांसद शाहीलाई नेकपा (माओवादी केन्द्र) ले समर्थन गरेको छ ।

प्रदेश नं ६ मा नेपाली काँग्रेसका तर्फबाट सभामुखमा उम्मेदवारी नदिइने निर्णय भएको काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताउनुभयो ।

शाहीको उम्मेदवारीमा एमाले पोलिटब्यूरो सदस्य तथा सल्यानका प्रदेशसभा सदस्य प्रकाश ज्वाला प्रस्तावक र माओवादी केन्द्र स्थायी समिति सदस्य तथा माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही समर्थक रहनुभएको छ ।

प्रदेश नं ६ मा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार गठन हुने र प्रदेशको सभामुख एमालेले लिने वाम गठबन्धनबीच सहमति भएको थियो । माओवादी केन्द्रको संसदीय दलको बैठकले पार्टीका स्थायी समिति सदस्य तथा कालीकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित महेन्द्रबहादुरलाई मुख्यमन्त्री बनाउने गरी दलको नेतामा चयन गरिसकेको छ ।

सभामुखमा उम्मेदवारी दिएका महेन्द्रबहादुरका पक्षमा ३४ सांसदको समर्थन छ । सो प्रदेशमा एमालेका २०, माओवादी केन्द्रका १३, काँग्रेसका छ र राप्रपाका एक गरी ४० सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पृथ्वीराजमार्गको छिर्कनेखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौंको सवारी जाम : समय, श्रम र अर्थतन्त्रमा बढ्दो भार

सम्बन्धित

नागरिकले अनुभूति गर्ने विकासमा केन्द्रित हुन कर्णाली सरकारलाई पूर्वमुख्यमन्त्रीहरूको सुझाव

‘हल्का टिप्पणीका आधारमा प्रदेश संरचना खारेज हुँदैन’ : मुख्यमन्त्री शाही

‘असहज अवस्थामा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्छ’ : कँडेल

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

कर्णालीलाई अभावको थलो होइन, समृद्धिको केन्द्रका रूपमा हेर्नुपर्छ : प्रदेश प्रमुख जोशी

कर्णालीमा सत्ता बाँडफाँट टुंगियो, नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu