ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्प पीडितलाई भाटभटेनीको एक करोड ११ लाख एक हजार १११ सहयोग, प्रधानमन्त्रीलाई चेक हस्तान्तरण


एबीसी न्यूज
२० कार्तिक २०८०, सोमबार   २ : ५९   बजे

काठमाडौं, २० कात्तिक । जाजरकोट र रुकुममा गएको विनासकारी भूकम्पबाट क्षति भएकाको उद्धार र राहतका लागि भाटभटेनी सुपर स्टोरले एक करोड ११ लाख एक हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेक हस्तान्तरण गरेका हुन् ।

दाहालले भाटभटेनीका अध्यक्ष गुरुङले प्रदान गरेको चेक लिँदै कर्पोरेट क्षेत्रबाट पहिलोपटक यसरी सहयोग प्रदान गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

यसअघि कोरोना कालदेखि अन्य विपदका बेला पनि भाटभटेनीका तर्फबाट सरकारले सहयोग प्राप्त गरेको प्रधानमन्त्रीको भनाई थियो ।

“जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्मा परी आफ्नो तथा आफन्तको ज्यान गुमाउने नेपाली दिदीबहिनीप्रति समवेदना व्यक्त गर्दछौँ,” सहयोग रकम हस्तान्तरणपछि भाटभटेनीका अध्यक्ष गुरुङले भने, “साथै उक्त विनासकारी भूकम्पमा परी घाइते भएका सम्पूर्णको स्वास्थ्य लाभको कामना गर्दछौँ ।

विपदको यस घडीमा हामी सबै मिलेर लड्नुपर्ने भएकाले हाम्रो संस्था भाटभटेनी सुपर मार्केट एण्ड डि। स्टोर प्रालिले मानव मात्रमा पर्न गएको यस दुखद क्षणमा राहतको लागि यथाशक्य सहयोग गर्ने पवित्र भावना राखी केही आर्थिक सहयोग गरौँ भनी निर्णय भएको हुँदा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक करोड ११ लाख एक हजार १११ रुपैयाँ उपलब्ध गराएका छौँ । हार्दिकतापूर्वक स्वीकार गरिदिनु भई भूकम्प पीडितहरुको लागि सदुपयोग गरिदिनुहुन संस्थाको तर्फबाट विनम्र अनुरोध गर्दछौँ ।”

सहयोग रकम हस्तान्तरणपछि बाह्रखरीसँग कुरा गर्दै गुरुङले अहिले नेपाली जनतालाई परेको दुःखमा आफूहरुले सहयोगको हात बढाएको बताउँदै राज्यले आवश्यक ठानेमा अन्य खाद्यान्नसहितका सामग्री सहयोग गर्न तयार रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group