ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री श्रेष्ठले भेट दिएनन् रास्वपा उपसभापति अर्याल


एबीसी न्यूज
२० कार्तिक २०८०, सोमबार   ४ : ३३   बजे

काठमाडौं, २० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति एवं पूर्वमन्त्री डोलप्रसाद अर्यालले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट नदिएको गुनासो गरेका छन् ।

रुकुम र जाजरकोटका सीडीओहरूले मन्त्री र सांसदहरूलाई मात्र स्वागत गर्नुपरेपछि भूकम्पपीडितलाई राहत वितरण गर्ने विषयमा समस्या देखिएको र त्यो समाधानका निम्ति सुझाव दिन गृहमन्त्रीलाई भेट्न खोज्दा नपाएको उनको गुनासो थियो ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबार बसेको बैठकमा उनले मन्त्री र सांसदहरूलाई स्वागत गर्न दुई सहसचिव पठाएर भए पनि भूकम्पपीडितलाई राहत दिने काममा सीडीओहरूलाई लगाउन सरकारलाई सचेत गराए । उनले सरकार आमउपभोक्ताको हितका निम्ति जिम्मेवार नभएको आरोप लगाए ।

“रुकुम र जाजरकोटमा भूकम्प गयो । सीडीओ साहेबहरूचाहिँ संघीय माननीय र मन्त्रीहरू अनि प्रदेशमा माननीय र मन्त्रीहरू स्वागत र सत्कारमै व्यस्त भएर त्यहाँ जम्मा भएको राहत वितरणमा समस्या आयो भनेर गुनासो छ भने हामी कतातिर गइरहेका छौँ भन्ने कुराचाँहि त्यसले पनि देखायो,” अर्यालले भने, “मैले गृहमन्त्रीज्यूलाई भेटेरै तुरुन्तै तपाईंले यो काठमाडौंबाट दुईजना सहसचिवहरू पठाइदिनुस् स्वागत गर्नका लागि, त्यहाँ बसेर उहाँहरूले स्वागत गर्नुहुन्छ, तर सीडीओहरूलाई चाहिँ काम गर्न लगाउनुस् भन्न गएको । तर, उहाँले भेट्न समय नै दिनु भएन । अब ठिकै छ । भन्न गएको, भेट्न पाइएन । अब के गर्नु ?

बैठकमा नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले सरकार जिम्मेवार नभएकाले मूल्यवृद्धि नियन्त्रण गर्न नसकिएको बताइन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले०का सांसद हेमराज राईले मुलुक कमिसनतन्त्र, घुसखोरी, कालोबजारीको, अराजकताको ठूलो भूमरीभित्र प्रवेश गरेको जस्तो अनुभूति आफूले गरेको बताए । सरकारले जिम्मेवारी बोध गरे मात्र उपभोक्ता मारमा पर्ने विद्यमान अवस्थाको अन्त्य गर्न सकिने उनले उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

Prachanda

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

सम्बन्धित

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu