ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा पटक–पटक समस्या, मर्कामा सेवाग्राही


एबीसी न्यूज
२१ कार्तिक २०८०, मंगलबार   ४ : ०५   बजे

काठमाडौं, २१ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअतर्गत वैदेशिक रोजगार विभागको प्रणाली बलियो नहुँदा अनलाइनबाट प्रदान भइरहेका सेवामा समस्या आइरहेको पाइएको छ ।विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालयले प्रणालीमा समस्या आउने गरेको स्वीकारेको छ ।

वैदेशिक रोजगार विभागले अनलाइनबाट श्रम स्वीकृति लिने, मेडिकल रिपोर्ट लिने र ओरिएन्टेसनलगायत व्यवस्था मिलाएको छ । यसको कार्यान्वयन वैदेशिक रोजगार कार्यालयले गरिरहेको छ ।

यो प्रणालीमा समस्या आउँदा अनलाइनबाट श्रम स्वीकृति दिने काम रोकिएपछि सेवाग्राहीहरू समस्यामा परेका हुन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले प्रणाली पुरानो भएकाले अहिले चाप बढ्दा समस्या आउने गरेको बताए ।

“२०६४र०६५ सालतिर बनाएको प्रणाली हो । अहिले विदेशिनेको संख्या बढ्यो, सेवाग्राही बढे । प्रणालीमा चाप बढेका कारण समस्या आउने गरेको छ,” विभागका महानिर्देशक दाहालले भने ।

उनले अब नयाँ सिस्टम बनाउने प्रक्रिया अघि बढेको बताएका छन् । अहिले पनि काम ठप्पै नभएको तर कहिलेकाहीँ काम रोकिने समस्या आउने गरेको र समाधान भइरहेको उनले बताए ।

केही सेवाग्राहीले समयमै श्रम स्वीकृति नपाउँदा विदेशको टिकट नै रद्द गर्नुपर्ने स्थिति आएको गुनासो गरेका छन् ।

विभागले भने श्रम स्वीकृतिका लागि दैनिक तोकिएको कोटा पूरा भइरहेको बताउँदै टिकट नै रद्द गर्ने स्थिति आएको नहुन सक्ने बताएको छ ।

बरु श्रम स्वीकृति नलिई पहिले नै आफैँ टिकट काट्ने काम प्रक्रियागत नभएको विभागको एक अधिकारीको भनाइ छ ।

वैदेशिक रोजगार कार्यालयका निर्देशक एवं सूचना अधिकारी मेघनाथ अधिकारीले पनि सिस्टममा समस्या आउने गरेको स्वीकारेका छन् । बेलाबेला विभागले सिस्टम सम्भार गर्ने र अपडेट गर्ने काम गर्ने गरेको उनको भनाइ छ ।

सफ्टवेयरको सबै ह्यान्डलिङ विभागले गर्ने र कार्यालयले कार्यान्वयन मात्रै गर्ने उनले बताए । उनले पनि विदेश जानेले श्रम स्विकृति नपाएर वा सिस्टमको समस्याका कारण टिकट नै रद्द गर्नुपर्ने स्थिति नआएको हुन सक्ने बताए ।

रोजगार कार्यालयका निर्देशक अधिकारीले भने, “टिकट क्यान्लिस गर्‍यौँ भन्ने विषयमा एउटा सिस्टम ‘स्लो’ त हो । अर्कोतिर दैनिक वितरण हुने एक हजार ४५० टोकन व्यक्तिगत शाखाबाट प्रत्येक पूरा हुने गरेको छ । हाम्रो जति वटा कोटा छ, त्यो पूरा भएको छ । सिस्टम स्लो भएको हुनाले अलि ढिलाइ भएको हो । कोटा प्रतिदिन १,४५० हो, त्यो पूरा हुने गरेको छ ।”

केही दिनअघि विभागको प्रणालीमा समस्या आएर पूर्णरूपमा बन्द नै भएको र अहिले भने समस्या समाधान भइसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group