ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गैरव्यावसायिक दबाबसँग सम्झौता नगर्ने कान्तिपुरको प्रष्टोक्ति , काममा अवरोध गर्नेविरुद्ध कानूनी कारबाहीमा जाने


एबीसी न्यूज
२१ कार्तिक २०८०, मंगलबार   ८ : ०९   बजे

काठमाडौं, २१ कातिक । कान्तिपुर पब्लिकेशनले नेपाल पत्रकार महासंघले भ्रम फैल्याउने, संस्था र नेतृत्वप्रति दुराग्रहपूर्वक लाञ्छना लगाउने तथा हुल हुज्जतसमेत गरेको आरोप लगाएको छ । कान्तिपुर पब्लिकेशनका मानव संशाधन विभागका प्रमुख पुष्पराज गिरीले जारी गरेको विज्ञप्तिमा महासंघले विज्ञप्तिका नाममा कान्तिपुरले उजागार गरेका बेथितिका बदलामा राजनीतिक प्रतिशोध लिने श्रृंखला चालेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले निकालेको विज्ञप्तिमा ८२ जना पत्रकार निकालेको भनेकोमा आपत्ति जनाउँदै कान्तिपुरले त्यसको आधामात्र संख्या पनि पुष्टि गर्न चुनौती समेत दिएको छ । बरु आन्दोलनमा गएका पत्रकारलाई समेत सधैं झैं खाइपाइ आएको दसैं पेश्कीसमेत प्रदान गरेको कान्तिपुरले जनाएको छ ।

आफ्नो केही सरोकार भए संवाद वा कानूनी बाटो रोज्न सुझाव दिँदै कान्तिपुरले संस्थाको बदनाम गर्ने, गेटमा जम्मा भएका पत्रकारलाई समेत काममा अवरोध गर्ने प्रवृत्ति अविलम्ब नरोकिए सम्बन्धित सबैलाई प्रचलित कानूनअनुसार कारबाही गर्न तथा त्यस्तो कार्यमा उक्साउने समूहविरुद्ध आवश्यक कानूनी उपचार खोज्ने विज्ञप्तिमार्फत कान्तिपुरले भनेको छ ।

पब्लिकेशनले यस विषयमा चार बुँदे प्रष्टीकरण प्रस्तुत गरेको छ । जसमा आर्थिक मन्दीबाट ग्रसित रहेको अवस्थामा जनशक्तिको आकार सीमित गर्न खोजिएको र संस्थाले आर्थिक प्याकेजसहितको अवकाश आह्वान गरेपछि उल्लेख्य संख्यामा सञ्चारकर्मीहरुको राजीनामा आएको कान्तिपुरले जनाएको छ । त्यस्तै, पत्रकार महासंघ, कान्तिपुर शाखासँगको सहमति कार्यान्वयनमा वार्तामार्फत अघि बढिरहेको पनि कान्तिपुरले जनाएको छ ।

माग र आपूर्तिअनुसार जनशक्ति घटबढको अवस्था निरन्तर चलिरहने र कानूनीबाहेकको विषयमा संस्थाले सम्झौता नगर्ने पनि कान्तिपुरले स्पष्ट पारेको छ ।

पब्लिकेशनले जारी गरेको विज्ञप्तिमा व्यवस्थापन र पत्रकार महासंघ प्रतिष्ठान शाखाबीच संवाद भइरहेका बेला वार्ता भाँड्ने उद्देश्यले महासंघको केन्द्रबाट चरणबद्ध विज्ञप्ति जारी भइरहेका थिए भने सहमति भएको अर्को दिन नै आन्दोलन घोषणा हुनुले पनि सबै विषय स्पष्ट पारेको उल्लेख गरेको छ । ‘पत्रकारहरूको हितमा संवाद र सहमति गर्ने शाखालाई निलम्बन गर्ने हर्कतबाट पनि महासंघ अहिले कस्तो समूहको नियन्त्रणमा छ भन्ने छर्लंग भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group