ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्प प्रभावितलाई बाग्मती प्रदेश सरकारका कर्मचारीको एक करोड २५ लाख रुपैयाँ सहयोग


एबीसी न्यूज
२२ कार्तिक २०८०, बुधबार   ७ : ५२   बजे

काठमाडौ २२ कात्तिक । जाजरकोट भूकम्पपीडितको राहत उद्धार र पुनःस्थापनाका लागि बाग्मती प्रदेश सरकारमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गर्ने भएका छन् । बाग्मती प्रदेशका प्रमुख सचिव घनश्याम उपध्यायको अध्यक्षतामा बसेको बैठकमा भूकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावितको सहयोगका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको प्रमुख सचिव घनश्याम उपध्यायले बताए।

बैठकले कर्णाली प्रदेशको जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भइ शुक्रवार राति गएको भूकम्पले ठूलो मात्रामा जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा जनधनको क्षति पुगेकोमा दुःख व्यक्त गर्दै आर्थिक सहयोग गर्ने निर्णय गरेको उनले बताए।

बैठकले भूकम्पबाट प्रभावितलाई राहत तथा पुनःस्थापनाको लागि बाग्मती प्रदेशअन्तर्गत कार्यरत प्रमुख सचिव, प्रदेश सचिव एवम् त्यसै सरहका पदाधिकारीको तीन दिनको तलब, अधिकृतस्तरका कर्मचारीको दुई दिनको तलब र अन्य सबै कर्मचारीको एक दिनको तलब कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचिव उपाध्यायले जानकारी दिए।उनका अनुसार त्यो रकम सङ्कलन गरी कर्णाली प्रदेश सरकारको खातामा जम्मा गरिने छ ।

प्रदेश सरकार मातहत कार्यरत प्रमुख सचिव, सचिवको तीन दिन बराबरको, उपसचिव र शाखा अधिकृतको दुई दिन बराबरको र अन्य कर्मचारीको एक दिनको तलब रकम अनुमानित एक करोड २५ लाख रुपैयाँ हुन आउने उपाध्यायले बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ध्रुवे हात्तीलाई डार्ट गरी नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना फेरि विवादमा

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu