ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेट दुखेको उपचार गर्न गएकी महिलाको पाठेघर झिकेर फाल्दा मृत्यु, क्लिनिक सञ्चालक पक्राउ


एबीसी न्यूज
२२ कार्तिक २०८०, बुधबार   ३ : ३०   बजे

काठमाडौं, २२ कात्तिक । रौटहट गरुडाको एक क्लिनिकले अनधिकृत रुपमा पाठेघरको अप्रेसन गर्दा एक महिलाको मृत्यु भएको छ।

पेट दुखेर उपचारको लागि पुगेकी महिलाको अप्रेसनको क्रममा मृत्यु भएपछि प्रहरीले उपचारमा संलग्न क्लिनिकका एक स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ।

रौटहटको चन्द्रपुर नगरपालिका(७ मुस्लिम टोल बस्ने शेख इदरहिमकी पत्नी ३० वर्षीया नुरजहान खातुन पेट दुखेपछि उपचारको लागि यही कात्तिक २० गते गरुडा( ८ स्थित इमर्जेन्सी जनसेवा हस्पिटल प्रालिमा पुगेकी थिइन्।

इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओम खनालका अनुसार सोमबार बिहान ११ बजे क्लिनिकमा पुगेकी खातुनलाई स्वास्थ्यकर्मीले सोही दिन दिउँसो २ बजे पाठेघर झिकेर फालिदिएपछि उनको मृत्यु भएको हो।

‘पाठेघर झिकेर फालेपछि खातुनको अवस्था चिन्ताजनक भएछ,’ डीएसपी खनालले नेपालखबरसँग भने, ‘त्यसपछि सोमबार साँझ स्वास्थ्यकर्मीले ती महिलालाई वीरगञ्ज रेफर गरेछन्। वीरगञ्जको मेट्रोसिटी हस्पिटल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।’

दक्ष चिकित्सकबिनै सञ्चालनमा रहेको क्लिनिककले अनधिकृत रुपमा पाठेघरको अप्रेसन गरेको पाइएको डीएसपी खनालले बताए।

‘क्लिनिकमा एमबीबीएस डाक्टरसमेत छैनन्। भिडिओ एक्स रे, आईसीयू लगायत कुनै पनि उपकरण र सुविधासमेत त्यहाँ रहेनछ। एचएको भरमा चलेको क्लिनिकमा जटिल खालको अप्रेसन गरेको पाइयो,’ डीएसपी खनालले भने, ‘हामीले उपचारमा संलग्न क्लिनिकका एचए चन्द्रदेव महरालाई पक्राउ गरेका छौँ। क्लिनिक सञ्चालकसहित बाँकी स्वास्थ्यकर्मी फरार छन्। उनीहरुको खोजी भइरहेको छ।’

अप्रेसन गर्नुअघि बिरामीसँग क्लिनिकले अग्रिम २० हजार रुपैयाँ भुक्तानी लिएको पाइएको प्रहरीले जनाएको छ।

खनालका अनुसार अप्रेसनको क्रममा महिलाको रक्तस्राव भएर स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि हतारहतार एचए महराले महिलालाई वीरगञ्ज रेफर गरेका थिए। त्यसपछि उनी क्लिनिक बन्द गरेर फररा भएको पाइएको खनालले बताए।

‘पीडित पक्षले शव ल्याएर क्लिनिक अगाडि प्रदर्शन सुरु गरेपछि मात्रै हामीलाई जानकारी आएको हो,’ खनालले भने, ‘हामी पुग्दा क्लिनिक बन्द थियो। सुराकीको आधारमा हामीले एचए महरालाई पक्राउ गरेका हौँ।’

महिलाको शव पोष्ट मार्टमको लागि प्रहरीले काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएको छ। गम्भीर प्रकृतिको घटना भएकाले शव परीक्षणको लागि काठमाडौँ पठाइएको डीएसपी खनालले बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group